नेभिगेसन मेनु

फोहोरबाट मोहर घर घरमा बायोग्यास
सम्पादक:南亚网络电视
समय:2023-07-25 13:06

Untitled-1 (1)

मङ्गलसेन नगरपालिकाले नगर तथा बजार क्षेत्रबाट निस्कने फोहोरबाट बायोग्यास निकालेर स्थानीयवासीलाई निःशुल्क रूपमा वितरण गरेको छ । बायोग्यास प्लान्टबाट निस्केको बायोग्यास पाइपलाइनबाट घर घरमा पु-याउने कार्य भइरहेको छ । 

यस नगरपालिकाको वडा नम्बर–६, तेसिङ्गेमा ‘डम्पिङ साइट’ मा बायोग्यास प्लान्ट स्थापना गरी करिब ५० हजार लिटर ग्यास उत्पादन तथा भण्डारण गरिएको पालिकाले जनाएको छ । बायोग्यासबाट दाउराको सट्टा घरमा आगो बाल्न तथा खाना पकाउन सहज भएको तेसिङ्गेका स्थानीय ताराप्रसाद भण्डारीले बताउनुभयो । “घरमा ग्यास जडान भयो, अब दाउराको दुःख जान्या भयो,” भण्डारीले खुसी हुँदै भन्नुभयो । 

घरमा बायोग्यासको पाइपलाइन जडानसँगै ग्यास चुलोसमेत पाइसकेको उहाँले बताउनुभयो । कतिपयको घरमा भने ग्यासको पाइप जडान कार्य जारी छ । पालिकाले नमुनायोग्य कार्य गरेको भनाइ स्थानीय नगरवासीको छ ।

स्थानीय रङ्गप्रसाद भण्डारी आफूहरू ‘डम्पिङ साइट’ प्रभावित क्षेत्रको बासिन्दा भएकाले बायोग्यास सेवा लिनेमा पहिलो प्राथमिकतामा परेको बताउनुहुन्छ । अहिले पाँच घरमा ग्यास पाइप जोडेर खाना पकाउन सुरु गरिएको छ ।

वडाध्यक्ष देवेन्द्रप्रसाद भण्डारीले अन्य घरमा बायोग्यास जडानको काम भइरहेको जानकारी दिनुभयो । फोहोरबाट निकालिएको बायोग्यासलाई ७० घरधुरीमा निःशुल्क रूपमा वितरण गर्ने योजना रहेको उहाँले बताउनुभयो । 

इन्जिनियर खम्म केसीका अनुसार बजारबाट निक्केको कुहिने फोहोर सङ्कलन गरेर मिश्रण प्रविधिबाट लेदो बनाइन्छ । उक्त लेदोलाई पाइपको माध्यमबाट डाइजेस्टरमा पठाई ग्यास निकाल्ने गरिएको छ । यसरी उत्पादन भएको ग्यास पाइपलाइनबाट घर घरको चुलोमा पठाइने गरेको छ । नगरपालिकाले हेटौँडाबाट बायोग्यास प्लान्ट जोड्ने जनशक्ति ल्याई गएको फागुन महिनाबाट उक्त कामको थालनी गरेको हो । फोहोरको उपयुक्त व्यवस्थापन साथै स्थानीयलाई ऊर्जा सेवा र मल प्राप्ति गर्ने विश्लेषण अनुसार बायोग्यास प्लान्ट निर्माण गरिएको नगर प्रमुख पदमबहादुर बोहराले बताउनुभयो । 

कुहिने वस्तुको उचित व्यवस्थापन पनि हुने भयो, स्थानीय नागरिकले ग्यास पनि पाउने भए र ग्यास निकाल्न प्रयोग गरेको फोहोरले मलको पनि काम गर्ने भएकाले खेतीपातीमा प्रयोग गर्न सकिने भनाइ उहाँको छ । बायोग्यासलाई दीर्घकालीन रूपमा सञ्चालनका लागि आवश्यक फोहोरको सङ्कलन तथा व्यवस्थापनको कामलाई ध्यान दिइने बताइएको छ । मङ्गलसेन नगरपालिका, वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको १८ लाख २० हजार र जिआइजेट तथा रिप संस्थाको प्राविधिक सहयोगमा बायोग्यास प्लान्ट स्थापना गरिएको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्रबहादुर सोडारीले जानकारी दिनुभयो ।

उक्त कार्यमा नगरको ससर्ततर्फको १० लाख, ऊर्जाको आठ लाख २० हजार रकम खर्च भएको छ । फोहोरको सङ्कलन, ग्यास उत्पादनको अवस्था र प्राविधिक विश्लेषण गरेर उपभोक्ताको सङ्ख्या बढाउने योजना रहेको बताइएको छ ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर