नेभिगेसन मेनु

दाउरामा निर्भरको सङ्ख्या घटेन
सम्पादक:南亚网络电视
समय:2023-07-23 15:58

ण

बैतडी, साउन ७ गते । नेपाल सरकारले परम्परागत ऊर्जा खपतको अनुपातलाई सन् २०३० सम्ममा ३० प्रतिशतमा झारेर सुधारिएको चुलो, विद्युतीय चुलो र एलपी ग्यासको उपयोगमा वृद्धि गर्ने लक्ष्य राखेको भए पनि बैतडी जिल्लामा भने ९५ प्रतिशत घरधुरी दाउरामा निर्भर रहेको पाइएको छ । 

यस जिल्लाको १० स्थानीय तहका ८४ वडामा रहेका ४५ हजार १९१ घर धुरीमध्ये ९५ प्रतिशत घरधुरीले परम्परागत धुवाँ निस्कने चुलोमा दाउराको प्रयोग गरेर खाना पकाउने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । 

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको विपत् पूर्वतयारीसम्बन्धी तथ्याङ्क पुस्तिका अनुसार ९५ प्रतिशत घरधुरी खाना पकाउन दाउरामा निर्भर रहेका छन् । ८० प्रतिशत घरहरू ढुङ्गा र गारोले बनेका कच्ची संरचना छन् । भूकम्प र आगलागीका दृष्टिले यस्ता घरहरू जोखिम पूर्ण रहेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनुभयो । त्यस्तै ४५ हजार घरधुरीमध्ये १३ हजार घरधुरीमा मात्र विद्युत्को पहुँच पुगेको छ । ३२ हजार घरधुरी अझै अँध्यारोमा छन् । बिजुली पुगेका घरधुरीका लागि विद्युतीय चुलो सपना मात्रै बनेको छ । 

बैतडी र दार्चुलाको सिमाना भएर बग्ने चमेलिया नदीबाट करिब ४० मेघावाट बिजुली उप्तादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिए पनि यतिको घरधुरीमा बसोबास गर्ने स्थानीयवासी अँध्यारोमा बस्न बाध्य छन् । उज्यालोका लागि अधिकांशले झरो (सल्लाको खोटोयुक्त दाउरा) र टुकी बाल्न प्रयोग गर्दै आएका छन् । 

गोठ र चुलोमा सुधार भएन 

स्थानीय तहले धुवाँरहित सुधारिएको चुलो, सुधारिएको गोठ कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न नसक्दा जिल्लाका अधिकांश घरमा परम्परागत धुवाँको चुलोमा खाना पकाउने गरेको जिल्ला समन्वय समितिका सदस्य प्रेम भाटले बताउनुभयो । केही वर्षअघि निम्तो नामक गैरसरकारी संस्थाले १५ हजार घरधुरीमा सुधारिएको चुलो कार्यक्रम सञ्चालन गरे पनि यसले निरन्तरता पाउन भने सकेन । 

चुलो र गोठ सुधार्ने काममा स्थानीय सरकारको ध्यान जानुपर्ने जिल्ला समन्वय समिति सदस्य भाटले बताउनुभयो । परम्परागत धुवाँको चुलोमा खाना पकाउँदा दम र क्षयरोगको सङ्क्रमणसँगै वन जङ्गल नासिने समस्या रहेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. दिपेश श्रेष्ठले बताउनुभयो ।   

दम प्रमुख समस्या

जिल्ला अस्पतालमा उपचारका लागि आउने १० वटा रोगमध्ये एक जनामा दम रोग देखिने गरेको अस्पतालका ल्याब टेक्निसियन जयसिंह बडालले बताउनुभयो । बिरामीको खकार परीक्षण गर्दा आर्थिक वर्ष २०७९/८० मा १७३ जनामा क्षयरोग भेटिएको उहाँले बताउनुभयो । एक वर्षको अवधिमा उपचारका लागि आएका ३४ हजार ३२३ जना बिरामीमध्ये अधिकांशमा स्वासप्रस्वाससम्बन्धी समस्या देखिएका अस्पताल प्रमुख डा. दिपेश श्रेष्ठले बताउनुभयो । 

दम रोगको मुख्य कारण दाउराको चुलो र त्यहाँबाट निस्कने धुवाँ, धूमपान, मध्यपान जस्ता गलत आहारविहार हुने गरेको उहाँले बताउनुभयो । सुधारिएको चुलो तथा विद्युतीय सामग्रीको प्रयोगले धुवाँरहित चुलो बनाउन तथा स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन सहयोग पुग्ने देखिन्छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर