नेभिगेसन मेनु

बजेटमाथि दिनमा दुई पटक छलफल गरिँदै
सम्पादक:南亚网络电视
समय:2023-07-13 12:38

Untitled-1 (8)

धनगढी, असार २८ गते । सुदूरपश्चिम प्रदेश सभाको बैठक बिहीबारका लागि सरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधन भएकाले बैठक सारिएको हो। 

बुधबार ३ बजे बजेटमाथि छलफलका लागि प्रदेश सभा बैठक बस्ने कार्यसूची तय गरिएको थियो। प्रधानमन्त्री दाहालकी पत्नीको निधन भएकाले बैठक स्थगित गरिएको कार्यव्यवस्था परामर्श समिति सदस्य  डा. ताराप्रसाद जोशीले बताउनुभयो। 

बजेटमाथिको छलफलमा सबैले भाग लिन पाउने गरी बिहीबारदेखि बिहान र दिउँसो दुई पटक प्रदेश सभा बैठक गरिने भएको छ। बिहीबार बिहान ८:३० बजे र दिउँसो ३ बजेका लागि बैठक बस्ने समय तोकिएको छ।

बजेटमाथिको छलफल मङ्गलबारदेखि सुरु भए पनि सत्तापक्षका प्रदेश सभा सदस्यहरूले छलफलमा भाग लिएका छैनन्। सत्तारूढ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) का प्रदेश सभा सदस्यहरू बजेटप्रति असन्तुष्टि जनाउँदै आउनु भएको छ। 

सोही कारण मङ्गलबार माओवादी केन्द्र र एकीकृत समाजवादीका प्रदेश सभा सदस्यहरू बैठकमा सहभागी भए पनि छलफलमा भाग लिएनन्। नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीले छलफलमा भाग लिए पनि बजेटमा चर्को असन्तुष्टि जाहेर गर्नुभएको थियो। 

नेपाली कांग्रेसका मुख्य सचेतक विक्रम धामीले पनि घुमारो शैलीमा बजेटको समर्थन गर्नुभएको थियो। सत्तारूढ चारै दलका नेताले काठमाडौँ पुगेर प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेतासँग भेट गरी बजेटप्रति असन्तुष्टि जाहेर गर्नुभएको थियो। 

माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादीले लिखित रूपमै बजेट पास नगर्ने लिखित निर्णय गरिसकेका छन्। सो निर्णयपछि मुख्यमन्त्री कमलबहादुर शाह बजेट पास गराउनका लागि ती दलका मुख्य नेतासँग छलफल गरिरहनुभएको छ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर