नेभिगेसन मेनु

कारागारबाट भारु नोट र मोबाइल बरामद
सम्पादक:南亚网络电视
समय:2023-06-27 13:35

Untitled-1

धनगढी, असार १२ गते ।  कैलाली कारागारभित्र अवैध सामग्री भित्रिने गरेको गुनासो बढेपछि अनुमगन गरिएको छ । कारागार व्यवस्था विभाग, जिल्ला प्रहरी कार्यालय र जिल्ला कारागार प्रशासनको संयुक्त टोलीले अनुगमन गर्दा एक भारतीय कैदीको साथबाट एक लाख चार हजार भारु बरामद गरिएको छ । 

यसै गरी १५ थान मोबाइल, ३३ वटा चार्जर, केही थान एयरफोन पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिनुभयो । लागुऔषधसमेत कारागार भित्रिने गरेको आशङ्कामा टोलीले अनुगमन गरेको हो । कैदीबन्दीलाई कारागारभित्र मोबाइल प्रयोग प्रतिबन्ध गरिएको छ तर कैलाली जिल्ला कारागारभित्र कतिपय कैदीले अवैध तरिकाले मोबाइल प्रयोग गर्दै आएका छन् । 

बरामद पाँच सयको २०८ थान भारु कैदीको साथमा कसरी पुग्यो भन्ने विषयमा अनुसन्धान अगाडि बढाइएको साउदले जानकारी दिनुभयो । उहाँका अनुसार साथबाट पैसा बरामद भएका कैदी १०/१२ वर्षदेखि कारागारमा बस्दै आएका छन् । अनुगमन टोलीले कैदीका मोबाइल, चार्जर जफत गरेपछि प्रहरी र कैदीबिच धक्कामुक्की भएको थियो ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर