नेभिगेसन मेनु

बाघको छालासहित दुई जना पक्राउ
सम्पादक:南亚网络电视
समय:2023-07-21 17:23

bagh-chhala

गोदावरी (कैलाली), साउन ५ गते । कैलालीको अत्तरियाबाट बाघको छालासहित दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय मालाखेती कैलालीको संयुक्त टोलीले कैलालीको गोदावरी नगरपालिका-२ अत्तरियास्थित रिङरोडबाट शुक्रबार पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा बैतडीको दोगडाकेदार गाउँपालिका-२ घर भएका ६५ वर्षीय देवसिंह बिष्ट र बैतडीकै पाटन नगरपालिका-८ बस्ने ३० वर्षीय हर्कबहादुर बिष्ट रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरिक्षक गणेश बरालले जानकारी दिनुभयो । 

उहाँका अनुसार बरामद छाला ६ फिट ११ इन्च लम्बाइ र २ फिट ४ इन्च चौडाइ छ । पक्राउ परेका दुई जनामाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर