नेभिगेसन मेनु

धनगढीमा दुई दिने युवा वैज्ञानिक सम्मेलन
सम्पादक:南亚网络电视
समय:2023-07-01 16:43

ण

धनगढी, असार १५ गते । नविन खोज, अनुसन्धान र विकास भन्ने उदघोषका साथ दुई दिने युवा वैज्ञानिक सम्मेलन धनगढीमा आजदेखि सुरु मएको छ । सम्मेलनमा रोवटिक्स फुटवल र यन्त्र रोवेटिक्स रेससम्वन्धी प्रतिस्पर्धा भइरहेको छन् । 

फुटवलमा ११ र रेसमा १६ टीमका बीचमा प्रतिस्पर्धा भइरहेको छ । दुई वटै विधाका विजेता खेलाडीलाई पुरस्कार पनि दिइने भएको छ । ती प्रतियोगिताका लागि कैलाली, कञ्चनपुर, बैतडी, बझाङ, दार्चुलालगायतका जिल्लाबाट आएका युवा तथा विद्यार्थी दुई सय जना सहभागी छन् । 

युवा वैज्ञानिक सम्मेलनमा सुदूरपश्चिममा साथै सुर्खेत र काठमाडौंबाट आएकाले समेत विभिन्नखालका प्रदर्शनी र सिकाउने काम गरिरहेको मुल आयोजक सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतको प्रदेश युवा परिषदका सदस्यसचिव युवराज कुँवरले बताउनुभयो । 

दुई दिने कार्यक्रममा उत्कृष्ट प्रदर्शनी गर्ने समूह वा व्यक्तीलाई एक लाख रुपियाँ पुरस्कार दिने कार्यक्रम रहेको छ । सम्मेलनमा युवालाई प्रोत्साहन गर्न कसले के गर्ने र युवा वैज्ञानिकको विकेन्द्रीकरणका विषयमा छलफल पनि चलाइएको छ । 

कार्यक्रमको उद्घाटन गर्दे सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले युवा वैज्ञानिकलाई प्रोत्सहन गर्न विभिन्न कार्यक्रम तय गरिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर