नेभिगेसन मेनु

गण्डकी प्रदेशमा ‘लम्पी स्किन’ फैलँदो क्रममा
सम्पादक:南亚网络电视
समय:2023-07-17 12:40

Untitled-1 (14)

कास्की, साउन १ गते । पछिल्लो समय पशुमा देखिने ‘लम्पी स्किन’ रोगको सङ्क्रमण फैलँदो क्रममा रहेको छ। गण्डकी प्रदेशका ११ वटै जिल्लामा यसको सङ्क्रमण देखिन थालेको छ। झिँगा, लामखुट्टेको टोकाइबाट सर्ने यो रोग एक ठाउँको पशु अर्को ठाउँमा जाँदा सर्ने गरेको छ। 

पशुपन्छी मत्स्य विकास निर्देशनालयका पशु चिकित्सक सुरेशकुमार श्रेष्ठका अनुसार गण्डकी प्रदेशमा असार २६ सम्मको ४८ हजार १३९ पशु सङ्क्रमित भएका छन्। सङ्क्रमित हुनेमध्ये एक हजार ८०१ गाईभैँसीको मृत्यु भएको छ। उहाँका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी गाई छन्। 

गण्डकी प्रदेश भरी ६० हजार ६९९ गाईबस्तुलाई ‘लम्पी स्किन’ विरुद्धको खोप लगाइसकेको श्रेष्ठले जानकारी दिनुभयो। सो निर्देशनालयको तथ्याङ्क अनसार ‘लम्पी स्किन’ को सङ्क्रमण सबैभन्दा बढी गोरखामा देखिएको छ।

यहाँ १३ हजार ८३६ पशुमा देखिएको सङ्क्रमणमध्ये ३१९ को मृत्यु भएको छ। प्रदेशभर हालसम्म चार हजार ५७३ वटा बाच्छाबाच्छी, २४ हजार तीन गाई, १७ हजार ७६४ गोरु, १२५ पाडापाडी, एक हजार ५५२ भैँसी र १२२ वटा राँगोमा सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये २१४ बाच्छाबाच्छी, ८४९ गाई, ६९८ गोरु, १७ वटा पाडापाडी, २२ वटा भैँसी र एउटा राँगो मरिसकेको निर्देशनालयको तथ्याङ्कमा छ। 

गण्डकी प्रदेशभर चैत महिनादेखि असारसम्म सबैभन्दा बढी नवलपुरमा ४०८ पशुको मृत्यु भएको छ। कास्कीमा ३५३, तनहुँमा २४८, म्याग्दीमा १६९, बागलुङमा १६६, पर्वतमा ७०, स्याङ्जामा १७, मुस्ताङमा चार पशुको मृत्यु भएको छ। अन्तिम पटक मनाङको चामेस्थित थान्चोकका किसानले पालेको गोरुमा यो रोग देखिए पनि त्यहाँ मृत्यु भने नभएको पशु चिकित्सक श्रेष्ठले बताउनुभयो। यस प्रदेशमा ‘लम्पी स्किन’ बाट झन्डै १० करोडको नोक्सान भएको बताइएको छ। 

श्रेष्ठका अनुसार प्रदेशभर आठ लाख गाईभैँसी छन्। “यो रोग लागेपछि गाईभैँसीको ८० प्रतिशत दुध घटाउँछन्। यसले गर्दा उत्पादनमा पनि नोक्सान हुन पुगेको छ। सङ्क्रमण हुँदा दुधको उत्पादन घट्न जान्छ,” उहाँले भन्नुभयो। भाइरसबाट सर्ने सरुवा रोग भएकाले यसको ठ्याक्कै उपचार भन्न नसकिने उहाँले बताउनुभयो। उपचार हुन्छ तर त्यसको ठ्याक्कै यही औषधी हो भन्न सकिन्न। जस्तो कि गाईभैँसीमा घाउखटिरा आएको छ भने मलम लगाउने, ज्वरो आएको छ भने सिटामोल दिने हो। नेपालमा यो रोग २०७७ साउनमा पहिलो पटक मोरङमा देखिएको थियो। चार वर्षको अन्तरालमा यो रोग सबै तिर फैलिएको छ। सन् २०१९ मा मान्छेमा फैलिएको कोरोना सङ्क्रमणजस्तै अहिले ‘लम्पी स्किन’ फैलिएको पशु चिकित्सकहरू बताउँछन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर