नेभिगेसन मेनु

बजेट अभावमा प्रशासकीय भवनको निर्माण अलपत्र
सम्पादक:南亚网络电视
समय:2023-06-21 16:05

0

म्याग्दी (दरबाङ), असार ६ गते । सङ्घीय सरकारबाट बजेट नआउँदा म्याग्दीको धवलागिरि गाउँपालिकाको प्रशासकीय भवन निर्माणमा समस्या भएको छ । गाउँपालिकाको वडा नम्बर ३ घट्टेखोलास्थित निर्माणाधीन भवनका लागि सङ्घीय सरकारबाट आउनुपर्ने बजेट समयमै नआउँदा भवनको काम अलपत्र परेको हो । 

सङ्घीय सरकारको ६० र गाउँपालिकाको ४० प्रतिशत साझेदारीमा निर्माण सुरु भएको भवनको अहिले ४० प्रतिशत काम सम्पन्न भइसकेको छ । सङ्घीय सरकारले पठाउनुपर्ने बजेट समयमै नपठाउँदा भवन निर्माणमा समस्या भएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । 

‘‘बजेट अभावले भवन निर्माणमा समस्या भएको छ । समयमै निर्माण सम्पन्न नहुने जोखिम बढेको छ,’’ अध्यक्ष पुनले भन्नुभयो । उहाँका अनुसार हालसम्म सङ्घीय सरकारबाट ७५ लाख रुपियाँ मात्र बजेट आएको छ । गाउँपालिकाले भवन निर्माणको प्रगतिअनुसार निर्माण व्यवसायीलाई भुक्तानी गरेको जनाएको छ ।  

एक–एक वटा सभा हल र बैठक कक्ष हुने भवन निर्माण गर्न आर्थिक वर्ष २०७६–७७ मा स्थानीयवासीले १४ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए । वि.सं. २०७४ साउनमा भएको विशेष गाउँसभामा बहुमतबाट घट्टेखोलामा गाउँपालिकाको स्थायी केन्द्र कायम गर्ने निर्णय भएको थियो । 

हाल ३ नम्बर वडामा पर्ने तत्कालीन मुना गाविसको भवनमा तला र कोठा थप गरेर गाउँपालिकाको कार्यालय सञ्चालन हुँदैआएको छ । ‘‘जनतालाई एउटै भवनबाट सबै सेवा सुविधा उपलब्ध गराउन निर्माण सुरु भएको भवनको बजेट सुनिश्चित्ताका लागि म्याग्दीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ लाई जानकारी गराएका छौँ’’ अध्यक्ष पुनले भन्नुभयो । 

त्यस्तै, उहाँले गाउँपालिकाले समेत बजेटको व्यवस्था गर्ने उहाँको भनाइ छ । गाउँपालिकाका इन्जिनियर लोकेन्द्रबहादुर रावलका अनुसार सो भवन बनाउन प्रतिष्ठा–जुम्ली–माछापुच्छ्रे जेभीले गाउँपालिकासँग सात करोड ७१ लाख ८९ हजार ६६६ रुपियाँ गत आर्थिक वर्षको असार ३ गते ठेक्का सम्झौता गरी चालु आर्थिक वर्षको मङ्सिर १९ गतेदेखि भवन निर्माण सुरु गरेको थियो । 

उहाँले अहिलेसम्म भवन निर्माणको करिब ४० प्रतिशत सम्पन्न भएको बताउनुभयो । तीन तले भवनमा २७ कोठा रहने छन् ।  उहाँका अनुसार सङ्घीय सरकारबाट आउनुपर्ने ४ करोड ६३ लाख रुपियाँमध्ये ७५ लाख रुपियाँ बजेट मात्र आएको छ । सङ्घीय सरकारको ७५ लाख र गाउँपालिकाले एक करोड गरी एक करोड ७५ लाख रुपियाँ रकम निर्माण व्यवसायीलाई भुक्तानी गरिएको गाउँपालिकाले जनाएको छ । आगामी पुस महिनासम्म भवन निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता रहेको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर