नेभिगेसन मेनु

आफ्नै भवनबाट सेवा प्रवाह गर्दै बिरुवा गाउँपालिका
सम्पादक:南亚网络电视
समय:2023-06-18 15:38

0

वालिङ, असार ३ गते । स्याङ्जा वबिवा गाउँपालिकाले सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह सुरु गरेको छ । नयाँ भवन सात करोड ६६ लाख ५६ हजारमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले जानकारी दिनुभयो । 

२०७७ असार ३१ मा गीता निर्माण सेवा र श्री क्रियटिभ निर्माणसँग संयुक्तरुपमा सम्झौता भई निर्माणकार्य गरिएको अध्यक्ष कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, “भवन निर्माण सम्पन्न भएको भए पनि परिसरमा गर्नुपर्ने केही काम बाँकी छ ।”

यसअघि साँधुरो भवनबाट सेवा प्रवाह गर्दै आएको जानकारी दिँदै अध्यक्ष कुँवरले थप्नुभयो, “अब सहज रुपमा नागरिकलाई सेवा प्रवाह गर्न र छिटो काम गर्न सक्नेछौं ।” साविकको कृषि सेवा केन्द्रको १३ रोपनी जग्गामा सुविधा सम्पन्न भवन निर्माण गरिएको कुँवरको भनाइ छ । 

सेवाग्राहीलाई समस्या नहोस भनेर सोही अनुसार नै शाखाहरुको व्यवस्थापन गरिएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त भण्डारीले जानकारी दिनुभयो । पालिकाका नागरिकलाई पायक पर्ने ठाउँमा निर्माण गरिएको भवनबाट सेवा प्रवाभकारी हुने अधिकृत भण्डारीको भनाइ छ । भवनमा एक हलसहित २८ कोठा छन् । भवन परिसरमा पूजा गरी सेवा प्रवाह सुरु गरिएको गाउँपालिकाले जनाएको छ । 

२०८० भदौ मसान्त सम्मका काम सक्नु पर्ने योजना शाखाका प्रमुख दीपक ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार जेठ मसान्त सम्ममा छ करोड ६७ लाख ११ हजार खर्च भइसकेको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर