नेभिगेसन मेनु

मापदण्डविपरीतका संरचना भत्काइयो
सम्पादक:南亚网络电视
समय:2023-06-20 17:08

0

कास्की, असार ५ गते । पोखरा महानगरपालिकाले फिर्के खोलाको मापदण्ड मिचेर निर्माण गरिएका संरचना भत्काएको छ । पोखरा महानगरपालिका वडा नं. ४ र १८ फिर्के खोलाको दुवै भागमा निर्माण गरिएको संरचनामा महानगरपालिकाले भत्काएको हो । निर्माणको क्रममा फिर्के खोलाको बहावलाई असर पर्ने गरी संरचना निर्माण नगर्न पटक पटक आग्रह गरेको र निर्माण सामग्रीसमेत जफत गर्दा पनि अटेर गरेपछि महानगरपालिकाले डोजर चलाएको पोखरा महानगरका नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले बताउनुभयो ।

सो क्षेत्रमा खोलाको मापदण्डविपरीत ग्याबिन तारसहितको रिटेनिङ वाल निर्माण गरिएको छ । सगरमाथा स्कुल र केही स्थानीयले खोलाको मापदण्डविपरीत संरचना निर्माण गरेपछि महानगरले त्यसलाई रोक्नसमेत आग्रह गरेको उहाँको भनाइ छ । फिर्के खोलाको मापदण्डविपरीत निर्माण भएका सम्पूर्ण संरचना महानगरपालिकाले हटाउने योजनासमेत बनाइरहेको उहाँले सुनाउनुभयो ।  

फिर्के खोला मापदण्ड मिचेर सरकारी, गैरसरकारी र व्यक्तिगत गरी दुई सयभन्दा बढी संरचना ठडिएको महानगरकै २०७५ को प्रतिवेदनले देखाएको छ । महानगरले यसअघि पनि पटक पटक फिर्के खोला मापदण्ड तोकेर अतिक्रमण हटाउने घोषणा गर्दै आइरहेको छ तर आफ्नै निर्णय लागू गर्न नसक्दा दिनप्रतिदिन फिर्के साँघुरिँदै गइरहेको छ । पोखरा १८ अँधेरीकुनाबाट सुरु भएको फिर्के खोला आठ किलोमिटर लामो छ भने खोलाको चौडाइ निरन्तर घट्दै गएको छ । फिर्के बचाउने भन्दै पैदल मार्ग बनाउन महानगरले २०७४ मा इन्जिनियर महेन्द्र गोदारको संयोजकत्वमा ‘पाँच मिटर राइट अफ वे’ मानेर रेखाङ्कन गरिएको थियो । उक्त प्रतिवेदनले फिर्के खोला मिचेर १९२ वटा संरचना बनेको देखाएको थियो ।

फिर्केको १० मिटर मापदण्ड भए पनि तत्कालीन समयमा पाँच मिटरलाई नै आधार बनाइएको थियो जसमा फिर्के खोलाको मापदण्डभित्र उद्योगी, व्यवसायीदेखि सङ्घ, संस्था, सरकारी कार्यालय र राजनीतिक दलका नेताका घर तथा संरचना बनेको उल्लेख थियो ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर