नेभिगेसन मेनु

बालविवाह नियन्त्रणमा पालिकाको अभियान
सम्पादक:南亚网络电视
समय:2023-06-28 12:38

Untitled-1 (1)

पाल्पा, असार १३ गते । निस्दी गाउँपालिकाले बालविवाह नियन्त्रण गर्न निरन्तर सचेतना तथा कानुनी कारबाही अभियान सञ्चालन गरेको छ। बालविवाहलाई निरुत्साहित गर्न गाउँपालिकाले विवाहित जोडी छुट्याउने, भोज बहिष्कार तथा कानुनी कारबाहीलाई अगाडि बढाएको हो।

सो अभियान अन्तर्गत गाउँपालिकाले २० वर्ष उमेर पुगेपछि विवाह गर्ने महिला–पुरुषलाई सम्मान गरेर उमेर पुगेपछि मात्र विवाह गर्नु पर्छ भन्ने मान्यता स्थापित गर्न जोड दिएको छ। कक्षा १२ उत्तीर्ण गरेर २० वर्ष उमेर पुगेपछि मात्रै विवाह गरेकालाई गाउँपालिकाले यो वर्ष सम्मान गरेको हो। बालविवाहलाई निरुत्साहित गर्दै २० वर्ष उमेर पुगेपछि मात्र विवाह गर्नु पर्छ भन्ने सन्देश दिन पालिकाले सम्मान कार्यक्रम गरेको हो। 

यसले बालविवाह न्यूनीकरण गर्नमा महत्वपूर्ण भूमिका खेल्ने र महिलालाई शिक्षामा आकर्षित गर्ने निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताउनुभयो। अध्यक्ष सारुले भन्नुभयो, “उमेर नपुगी विवाह गर्ने क्रम नरोकिएपछि गाउँपालिकाले २० वर्ष उमेर पुगेपछि विवाह गर्नेलाई सम्मान गर्न थालेको हो।” गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा २० वर्ष उमेर पुगेर विवाह गर्ने २४ जना महिलालाई सम्मान गरेको छ। यो वर्ष विभिन्न वडाका कक्षा १२ उत्तीर्ण गरेर विवाह गरेका २४ जना महिलालाई सम्मान गरिएको गाउँपालिकाकी उपाध्यक्ष तिरणकुमारी श्रेष्ठले बताउनुभयो। सम्मानित महिलालाई सम्मानपत्र, दोसल्ला र आठ हजार रुपियाँ प्रदान गरिएको उपाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो। निस्दी जिल्लाकै सबैभन्दा बढी बालविवाह हुने पालिका हो। यसअघि पालिकाले स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरेका महिलालाई सम्मान गरेको थियो। जिल्लाको दुर्गम क्षेत्र मानिने निस्दीमा बालविवाह अत्यधिक हुने गरेको छ।

यहाँ १४/१५ वर्षदेखि नै विवाह हुने गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले बताउनुभयो। उहाँले भन्नुभयो, “बालविवाह निस्दीको मुख्य समस्याका रूपमा रहेको छ, बालविवाहलाई न्यूनीकरण गर्न विभिन्न अभियान सञ्चालन गरेका छौँ।” निस्दी गाउँपालिका र सरोकारवालाले बालविवाह गर्नेको घरमा भोज खान तथा शुभकामना दिन नजाने निर्णय गरेका छन्। कानुन अनुसार कारबाही पनि अगाडि बढाइएको पालिकाले जनाएको छ।

बालविवाहलाई निरुत्साहित गर्न उमेर नपुगी विवाह गरेको घरबाट निम्तो आए त्यस्ता घरमा भोज खान नजाने निर्णय भएको पालिकाका प्रवक्ता मेखबहादुर सुनारीले बताउनुभयो। बालविवाह गरेकालाई विवाह दर्ता तथा सिफारिस रोक्नेलगायतका काम भइरहेको पालिकाले जनाएको छ। बालविवाह रोकिएपछि शिक्षा क्षेत्र, महिलाको स्वास्थ्य सुधार हुने गाउँपालिकाको ठहर छ।    

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर