नेभिगेसन मेनु

शतप्रतिशत योजना कार्यान्वयन
सम्पादक:南亚网络电视
समय:2023-07-15 12:05

Untitled-1-Recovered (2)

म्याग्दी, असार ३० गते । उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकाले चालु आर्थिक वर्षमा झन्डै शतप्रतिशत योजना कार्यान्वयन गरेको छ। 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले आव २०७९/८० मा छनोट गरेका १६८ योजनामध्ये १६६ योजना कार्यान्वयन भएको बताउनुभयो। रघुगङ्गा गाउँपालिका–२, भगवती र ५ झिँ को वडा कार्यालय निर्माण सम्पन्न भएका छन्। त्यस्तै झिँ–टोड्के सडक, भगवती र झिँमा कोल्डस्टोर, घुमाउने ताल–तिल्केनी–राहुघाट नदी नियन्त्रण जस्ता महत्वपूर्ण योजना कार्यान्वयन भएका छन्। 

मुक्तिधाम माविको भवन, रघुगङ्गा माविको भवन र धौलागिरी आधारभूत विद्यालयको भवन पनि निर्माण सम्पन्न भएको छ। गाउँपालिकाका इन्जिनियर सुदीप गौतमले वडा नम्बर ७ चिमखोलाको स्वास्थ्य चौकी भवन निर्माणाधीन रहेको र वडा नम्बर ८ को रितुङ माध्यमिक विद्यालयको भवन पनि यो वर्ष निर्माणको अन्तिम चरणमा पुगेको बताउनुभयो। 

गौतमका अनुसार खानेपानी आयोजनाबाट ५७३ घरका दुई हजार २६९ जना लाभान्वित भएका छन्। साढे एक किलोमिटर ढल निर्माण, दुई वटा झोलुङ्गे पुल निर्माण, १७६ मिटर सडक ढलान, ३७९ मिटर सडक ग्राभेल, सात किलोमिटर नयाँ सडकको ट्र्याक खोलिएको छ। त्यस्तै १३ वटा खेल मैदान निर्माण, १५ वटा सामुदायिक भवन निर्माण, एक हजार ४१२ मिटर गोरेटो बाटो, विद्यालयमा २७५ मिटर घेराबार, १६९ मिटर तटबन्ध तथा तीन वटा पोखरी एवं तालतलैया संरक्षणको काम आव २०७९/८० मा सम्पन्न भएको छ। 

गाउँपालिकाको चालु आर्थिक वर्षको कुल ५३ करोड ९९ लाख पाँच हजार विनियोजन गरेकोमा ४६ करोड ९१ लाख २४ हजार  रुपियाँ आम्दानी भएको छ। असार अन्तिमसम्ममा ४२ करोड ६७ लाख ३४ हजार रुपियाँ खर्च भएको गाउँपालिकाले जनाएको छ। चालुतर्फ ३५ करोड ११ लाख ५१ हजार विनियोजित भएकोमा २९ करोड १८ लाख ९६ हजार रुपियाँ खर्च भएको छ। त्यस्तै पुँजीगत तर्फ १८ करोड ८३ लाख ५४ हजारमध्ये १२ करोड ७८ लाख ३७ हजार रुपियाँ खर्च भएको गाउँपालिकाले जनाएको छ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर