नेभिगेसन मेनु

सशस्त्रले भदौदेखि सीमास्तम्भको पुनर्स्थापन र मर्मत गर्ने
सम्पादक:南亚网络电视
समय:2023-07-02 13:37

Untitled-1 (1)

सीमा सुरक्षाको मुख्य जिम्मेवारीमा खटिँदै आएको सशस्त्र प्रहरी बलले सीमा क्षेत्रका सीमास्तम्भको पुनर्स्थापना तथा मर्मत गर्ने भएको छ । आगामी भदौदेखि सीमास्तम्भ मर्मत गर्ने सशस्त्र प्रहरीको तयारी छ । 

नापी विभागको तथ्यांकअनुसार नेपाल–भारत खुला सीमामा आठ हजार आठ सय ५३ सीमास्तम्भ छन् । त्यसमध्ये कतिपय हराएका र कतिपय भत्किएका छन् । तीमध्ये आधा भारतले तथा आधा नेपालले मर्मत गर्ने समझदारी छ । २०१४ भन्दा अघिका सीमास्तम्भको हकमा भने दुई पक्षबीचको समझदारीपछि मात्र मर्मत गर्नुपर्ने हुन्छ । 

तीन वर्षअघि नै सरकारले सीमास्तम्भ मर्मत र पुनर्स्थापनको जिम्मेवारी सशस्त्र प्रहरीलाई दिएको थियो । तर, यससम्बन्धी कार्यविधि स्वीकृत नहुँदा उसले काम गर्न पाएको थिएन । गत साता सरकारले सशस्त्रलाई सो जिम्मेवारीमा खटिन बाटो खोलिदिएको हो । 

यसैअनुसार आगामी आर्थिक वर्षदेखि मर्मतको काम थाल्ने सशस्त्र प्रहरीको तयारी छ । ‘साउनमा पूर्वतयारीको काम हुन्छ, भदौदेखि मर्मतको काम थाल्ने हाम्रो योजना छ,’ सशस्त्र प्रहरीका एक उच्च अधिकारीले भने । हाल मर्मत तथा रङरोगन गर्नुपर्ने पिलरको विवरण संकलनको काम सशस्त्रले थालेको छ । 

नेपाल र भारत सरकारबीच भएको सहमतिअनुसार भारतीय पक्षले जोर नम्बर र नेपाली पक्षले बिजोर नम्बरका पिलर मर्मत गर्नुपर्ने हुन्छ । भारत पक्षले पहिलेदेखि नै मर्मतको काम सुरु गरे पनि नेपालले गर्न सकेको थिएन । खुला सीमा भएको नेपाल र भारतबीच तिनै स्तम्भका आधारमा सीमारेखा निर्धारण गरिएको छ । 

सरकारले ०७७ को साउनमा सशस्त्र प्रहरीलाई सीमास्तम्भको मर्मतसम्भार पुनर्स्थापनाको जिम्मेवारी दिने निर्णय गरेको थियो । तर, यससम्बन्धी कार्यविधि नहुँदा काम भने सुरु हुन सकेको थिएन । भारतको सशस्त्र सीमा बलले सशस्त्र प्रहरीसँगको समन्वयमा करिब ६ सय ५० सीमास्तम्भको मर्मत गरिसकेको छ । 

सीमा सुरक्षालाई मजबुत बनाउने योजनाअन्तर्गत सशस्त्र प्रहरीले सीमा अध्ययन केन्द्रको स्थापना गर्नेदेखि सीमा सहजीकरण समिति गठन गर्ने तथा डिजिटल बोर्डरको अवधारणा कार्यान्वयनमा लगेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर