नेभिगेसन मेनु

भन्सार महसुल नतिर्ने भारतीय गाडी नियन्त्रणमा
सम्पादक:南亚网络电视
समय:2023-06-13 16:52

gadi

बाराको सिम्रौनगढ नगरपालिका –१ वीरेन्द्र चोकबाट सशस्त्र प्रहरीले भारतीय स्कारपिओ गाडी नियन्त्रणमा लिएको छ ।

बैरियाबाट सिम्रौनगढतर्फ जाँदै गरेको एचआर २६ बिबि ००४० नम्बरको सेतो रङ्गको भारतीय स्कारपिओ गाडीले भन्सार महसुल नतिरी चलाएका कारण सीमा सुरक्षा गुल्म पिपरपातीले नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सह प्रवक्ता शैलेन्द्र थापाले जेठ २९ गते नियन्त्रणमा लिइएको गाडी आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको जानकारी दिनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर