नेभिगेसन मेनु

दक्षिण एशियामै पहिलो पटक ड्र्यागन बोट रेस फेस्टिभल असार ८ र ९ गते
सम्पादक:南亚网络电视
लेखक:विशाल श्रेष्ठ
समय:2023-06-08 20:13

DRAGON BOAR FESTIVAL

नेपाल पर्यटन बोर्डले आज पत्रकार सम्मेलनको आयोजना गरेको छ । 

नेपाल पर्यटन बोर्ड, नेपालस्थित जनवादी गणतन्त्र चीनको राजदूतावास र पोखरा महानगरपालिकाको सहकार्यमा नेपाल–चीन मैत्री ड्र्यागन बोट रेस फेस्टिभल असार ८ र ९ गते पोखरामा आयोजना हुने नेपाल पर्यटन बोर्डले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

कार्यक्रम पोखरा पर्यटन परिषद र ओभरसिज चाइनिज एसोसिएसन अफ पोखराले संयुक्त रुपमा आयोजना गर्न लागेको हो । होटल एसोसिएसन अफ नेपाल (हान), नेपाल एशोसिएसन अफ र्‍याफ्टिङ एजेन्सीज (नारा), नेपाल र्याफ्टिङ एण्ड क्यानोइङ एसोसिएसन (एनआरसीए) लगायत अन्य पर्यटन संघसंस्थाले पनि कार्यक्रममा सहभागिता जनाउने भएका छन् ।

IMG_1245

कार्यक्रममा आफ्नो मन्तब्य राख्नु हुँदै पर्यटन बोर्डका निर्देशक धनञ्जय रेग्मी ।  तस्बिर-विशाल श्रेष्ठ/ एस ए टि भि

ड्र्यागन बोट रेस ५० भन्दा बढी देश र क्षेत्रहरुमा आयोजना भईसकेको छ भने यस वर्षदेखी एसियाली खेलकुदमा पनि प्रवेश गरेको छ । पोखरा र नेपालको पर्यटन उत्पादनमा विविधता ल्याउने कार्यक्रमलाई वार्षिक पर्यटन उत्पादनका रूपमा सञ्चालन गरिने,पर्यटन बोर्डका निर्देशक धनञ्जय रेग्मीले बताउनु भएको हो ।

IMG_1272

कार्यक्रममा आफ्नो मन्तब्य राख्नु हुँदै चिनियाँ राजदूतका उपप्रमुख वाङ सिन । तस्बिर-विशाल श्रेष्ठ/ एस ए टि भि

कार्यक्रम, दुई देशबीचको जनसम्बन्धलाई अझ प्रगाढ बनाउन र नेपालमा चीनीयाँ पर्यटन प्रवद्र्धनमा सद्भाव र न्यानोपनलाई अगाडि बढाउन केन्द्रित रहेको चिनियाँ राजदूतका उपप्रमुख वाङ सिनले बताउनु भयो । नेपाल पर्यटन बोर्ड, जनवादी गणतन्त्र चीनको राजदूतावास र पोखरा महानगरपालिकाबीच मे ४, २०२३ मा भएको औपचारिक सम्झौताबाट कार्यक्रमलाई औपचारिकता दिइएको उहाँले जानकारी गराउनु भएको हो।

यो कार्यक्रम पोखरा र नेपालका साथै दक्षिण एसियामा पनि आफ्नो किसिमको पहिलो हो र यसले विश्वभर नेपालको भिजिबिलिटी बढाउने अपेक्षा गरिएको छ ।

कार्यक्रम हाइलाइट्समा, नेपाल-चीन र सिंगापुरबाट फेवातालमा २०० मिटर र ५०० मिटर दौडमा ८ टोलीको सहभागिता रहने छ र त्यसपछि दुवै देशका सांस्कृतिक प्रस्तुति र खाद्य प्रदर्शनी समावेश गरिएको छ। 

फोटो फिचर्स

图片_20230608175601

图片_20230608175610

图片_20230608175617

图片_20230608175626

图片_20230608175649

图片_20230608175720

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर