नेभिगेसन मेनु

आईएमएफबाट वित्तीय सहयोग खोज्दै पाकिस्तान
सम्पादक:南亚网络电视
समय:2023-06-07 13:01

thumb (9)

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले यही महिना अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) सँग ऋण प्राप्तिका लागि सम्झौता हुनेमा आशा व्यक्त गरेका छन् । बढ्दो ऋणका कारण आर्थिक संकट भोगिरहेको पाकिस्तानले आईएमएफसँग सहयोगका लागि पहल गर्दै आएको छ ।

‘आईएमएफको सर्त र मापदण्डअनुसार हामीले यही महिना सहयोग पाउने आशा गरेका छौं,’ उनले भने । पाकिस्तानले तत्काल १.१ अर्ब अमेरिकी सहयोगको अपेक्षा राखेको छ, जुन आईएमएफ र पाकिस्तानबीच सन् २०१९ मा भएको सहयोग सम्झौताको एउटा किस्ता हो । पाकिस्तानले गत वर्षको अगस्टमा उक्त कार्यक्रमको पहिलो किस्ता मात्र प्राप्त गरेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर