नेभिगेसन मेनु

पर्यटनमन्त्री किरातीले चिनियाँ पाहुनालाई सोधे : नेपाल आउँदा मामाघर आएजस्तो लाग्दैन ?
सम्पादक:南亚网络电视
समय:2023-06-21 16:26
2321

IMG_3734

‘नेपालमा चिनियाँ आउँदा हामीलाई पाहुना आएजस्तो लाग्दैन, भान्जाभान्जी आएजस्तो लाग्छ,’ मन्त्री किरातीले चिनियाँ पर्यटकतिर फर्किएर सोधे, ‘के तपाईंहरूलाई मामा घर आएजस्तो लाग्दैन ?’

पोखरा — चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट सिचुवान एयरलाइन्सको चार्टर विमानमा आएका चिनियाँ पाहुनालाई बुधबार पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद्लगायत संघसंस्थाले पोखरा विमानस्थलमा स्वागत गरे ।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना सहित ७ सांसद त्यही विमानमा चीनबाट पोखरा आए । विमानस्थल उद्घाटनको ६ महिनापछि पहिलो अन्तर्राष्ट्रिय उडान भएकोले पनि गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगर प्रमुख धनराज आचार्य स्वागतमा पुगेका थिए । स्वागत कार्यक्रममा भाग लिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, नेपालका लागि चिनियाँ राजदूत छन सोङ पोखरा विमानस्थल पुगे ।

चिनियाँ दूतावास, पर्यटन बोर्ड, पोखरा महानगर, पोखरा पर्यटन परिषद्, चाइनिज नेपाल एसोसियसनको संयुक्त आयोजनामा ८ र ९ गते फेवातालमा हुने ड्रागन बोट रेस फेस्टिभलमा भाग लिन ८४ जना चिनियाँ पोखरा आएका हुन् ।

स्वागत कार्यक्रममा पर्यटनमन्त्री किरातीले चीन र नेपालबीच १ हजार ५ सय वर्ष पुरानो सम्बन्ध रहेको चर्चा गरे । उनले तिब्बती राजा स्रङचङ गम्पो र नेपालकी राजकुमारी भृकुटीबीचको विवाहको प्रसंग निकाले । ‘नेपालमा चिनियाँ आउँदा हामीलाई पाहुना आएजस्तो लाग्दैन, भान्जाभान्जी आएजस्तो लाग्छ,’ उनले चिनियाँ पर्यटकतिर फर्किएर सोधे, ‘के तपाईंहरूलाई मामा घर आएजस्तो लाग्दैन ?’

उनले बीपी कोइराला र माओबीच भएका सम्झौताहरूको स्मरण गर्दै प्राकृतिक सिमानाजस्तै चीन र नेपालबीचको सम्बन्ध पनि अग्लो रहेको बताए । चार्टर उडान लामो यात्राको पहिलो पाइला भएको बताउँदै उनले व्यावसायिक उडानलाई निरन्तरता दिनु ठूलो कुरा रहेको उल्लेख गरे ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगर प्रमुख धनराज आचार्यले व्यावसायिक उडानलाई निरन्तर बनाउनुपर्ने, कोरला नाका खोलेर व्यापारिक सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिए ।

राजदूत छन सोङले अन्तर्राष्ट्रिय चार्टर उडानले नेपाल र चीनबीच ‘कनेक्टिभिटी’को नयाँ अध्याय सुरु भएको बताए । ‘कनेक्टिभिटी बीआरआईको महत्त्वपूर्ण पक्ष हो,’ उनले भने, ‘ट्रान्स–हिमालय बहुआयामिक कनेक्टिभिटी सञ्जालको महत्त्वपूर्ण पक्षका रुपमा पोखरा विमानस्थल सञ्चालन भएको छ ।’

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्(0)
उप्पर