चाइनिज बृज अन्तर्गत चिनियाँ भाषा प्रतियोगिता फर वर्ल्ड सम्पन्न् भएको छ। तस्बिर-विशाल श्रेष्ठ/एस ए टि भि
चाइनिज बृज अन्तर्गत चिनियाँ भाषा प्रतियोगिता फर वर्ल्डले आज बालकुमारीस्थित ज्यापु प्रज्ञा भवनमा आयोजना गरेको प्रतियोगितामा युवा तर्फ अनिश कुमार कुइकेल प्रथम भएका छन्। प्रथम भएसङ्गै यस वर्ष नेपालबाट ग्लोबल फाइनलका लागि चीन जाने उनि दोस्रो बन्न पुगेका हुन। प्रतियोगितामा विभिन्न बिद्यालयबाट उपस्थित १० प्रतिस्पर्धिले एक अर्काको सामना गरेका थिए।
चिनियाँ ब्रिज विश्वभर चिनियाँ सिकाइ र सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको अन्तर्राष्ट्रिय प्रतियोगिता हो। यो चीनको हानपानले २००२ देखि वार्षिक रूपमा आयोजना गर्दै आएको प्रतियोगीता हो।
कार्यक्रममा उपस्थित १० प्रतियोगीहरु । तस्बिर-विशाल श्रेष्ठ/एस ए टि भि
नेपालस्थित चिनियाँ दूतावासले केयूस्थित कन्फ्युसियस इन्स्टिच्युटसँगको सहकार्यमा चाइनिज बृज प्रतियोगिता आयोजना गरेको हो । "एक विश्व एक परिवार" मुख्य नारा र उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा सहभागि हुदै, जनवादी गणतन्त्र चिनको नेपालकालागि चिनियाँ राजदुत महामहिम छन सोङले विशेष अतिथिको भुमिका निर्वहा गर्नु भएको थियो ।
सहभागीहरूले कार्यक्रमको मुल नाराको बिषय वरपर रहेर आफ्नो बक्तब्य प्रस्तुत गरेका थिए। चार फरक तहमा मूल्याङ्कन गरिएको कार्यक्रममा पहिलोमा भाषण, दोस्रोमा प्रश्न उत्तर सत्र, तेस्रोमा निर्णायक राउण्डको सामना र अन्त्यमा कुनै पनि प्रतिभाको प्रस्तुति रहेको थियो। निर्णायक मण्डलका मूल्याङ्कनका आधारमा अनिशकुमार कुइकेल प्रथम स्थानमा छनोट भएका छन् ।
कार्यक्रममा मन्तब्य राख्नु हुँदै राजदुत महामहिम छन सोङ । तस्बिर-विशाल श्रेष्ठ/एस ए टि भि
“कुनै पनि देशलाई बुझ्नको लागि भाषा सबै भन्दा महत्वपुर्ण माध्यम हो। चिनियाँ शिक्षालाई उच्च र व्यबसायिक रूपमा रूपान्तरित गर्न चिनियाँ भाषा सिक्ने र प्रयोग गर्ने मानिसरुलाई राम्रो अवसर प्रदान गर्न, दुई सभ्यताहरू बीचको आपसी सिकाइलाई अभिवृद्धि गर्न र सरकारी छात्रवृत्ति लगायतका विभिन्न क्षेत्रमा सुधार गर्न सक्रिय रूपमा काम गर्ने छौ। चीन र नेपाल बीच साझा भविष्यको समुदायको निर्माण गर्ने छौ।” राजदुत छन सो बताउनु भयो ।
प्रमाणपत्र ज्ञापन गर्नु हुदै बिजेता अनिश कुमार कुइकेल। तस्बिर-विशाल श्रेष्ठ/एस ए टि भि
चिनियाँ भाषा सिक्ने हो भने भविष्यमा राम्रो अवसरहरु पाउन सकिने साथै दुई देश बिचको साझेदारीलाई प्रवर्द्धन गर्न सकिने बिजेता अनिश कुमार कुइकेलले बताय।
कार्यक्रममा ललितपुर महानगरपालिकाका उपमेयर मन्जली शाक्य बज्रचार्य, नेपाल चाइना कल्चर एण्ड एजुकेशन काउन्सिलका अध्यक्ष डा हरिशचन्द्र शाह, चाइना कल्चर सेन्टर नेपालका निर्देशक सियाओ जियाङ, नेपाल परीक्षा बोर्डका उपसचिव देवीप्रसाद उपाध्याय र नेपालस्थित अन्तर्राष्ट्रिय स्वयंसेवी चिनियाँ भाषा शिक्षक गृहका निर्देशक लु युनहाई, प्रतियोगिताका विशेष अतिथि तथा निर्णायक, प्रतियोगि लगायत अन्य विद्यालयका विद्यार्धी सहभागी हुनुभएको थियो।