नेभिगेसन मेनु

गणतन्त्र दिवस, २०८० का अवसरमा राससद्वारा तस्बिर प्रदर्शनीको आयोजना
सम्पादक:南亚网络电视
लेखक:विशाल श्रेष्ठ
समय:2023-05-25 19:29

IMG_0007

राष्ट्रिय गान प्रती सम्मान देखाउदै तस्बिर प्रदर्शनीमा उपस्थित अतिथीजन । तस्बिर- रिया श्रेष्ठ/एस ए टि भि

गणतन्त्र दिवस, २०८० का अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले भद्रकाली प्लाजास्थित केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ तस्बिर प्रदर्शनीको आज (बिहीबार) सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माद्वारा उद्घाटन भएको छ। प्रदर्शनी यही जेठ १७ गतेसम्म चल्नेछ । प्रदर्शनीमा सातै प्रदेश एवम् काठमाडौं उपत्यकाका संस्कृति र सम्पदा झल्काउने गरी ७७ तस्बिर समाविष्ट गरिएको छ ।

IMG_0017

कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा। तस्बिर- रिया श्रेष्ठ/एस ए टि भि

उद्घाटनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रमा केही कमीकमजोरी भए पनि पछाडि फर्किन नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, “यसपटक सरकारले भव्यताका साथ तीन दिन गणतन्त्र दिवस मनाउने योजना बनाएको छ, सरकार समीक्षासहित गणतन्त्र दिवस मनाउन चाहान्छ, परम्परागत ढङ्गले मनाउनु र हिजोका हाम्रा राजाले जन्मोत्सव मनाउनु एउटै होइन, यो फरक हो ।”

IMG_0014

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले गणतन्त्र सबैको सम्मान, सहअस्थितत्व र प्रक्रियासँग जोडिएको बताउनुभयो । उहाँले केही नेता वा पात्रका कमीकमजोरीलाई देखाए व्यवस्था नै खराब हो भन्ने प्रवृत्ति गलत भएको टिप्पणी गर्नुभयो ।

IMG_0029

राससका अध्यक्ष धर्मेन्द्र झाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म भनेको सहकार्य, समन्वय र सहअस्थित्व भएकाले गणतन्त्र स्थापनापछि नेपाली समाजमा सहमति र सामाजिक सद्भाव बलियो भएको बताउनुभयो ।

अध्यक्ष झाले प्रदर्शनीमा राखिएको तस्बिरमार्फत देशको सामाजिक र सांस्कृति परिवेश उजागर गर्न खोजेको प्रष्ट पार्नुभयो । राससका महाप्रबन्धक सिद्धराज राईले राससले आफ्नो सेवालाई राष्ट्रिय भाषासहित २४सैँ घण्टा सेवा सञ्चालन गर्ने योजना सुनाउनुभयो ।   

राससका फोटो पत्रकारले खिचेका र सम्पादन कक्षबाट सेवाग्राहीमा सम्प्रेषण भइसकेका नेपालका विभिन्न चाडपर्व, जात्रा, मेलामहोत्सव तथा मठमन्दिर, गुम्बा, चैत्य, ताजियाजस्ता मूर्त–अमूर्त संस्कृति एवम् सम्पदासम्बन्धी तस्बिर प्रदर्शनीमा राखिएको छ ।

मुलुकका सबै भूगोलमा बस्ने सम्पूर्ण जाति, जनजाति, भाषाभाषी, सम्प्रदाय एवम् धर्मावलम्बीलाई एउटै राष्ट्रिय भावधारामा समाहित गर्न रासस सांस्कृतिक तस्बिर प्रदर्शनीले योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

संस्थाले यसअघि पनि आफ्ना वार्षिकोत्सव समारोहमा तस्बिर प्रदर्शनी गर्दै आएको छ । मन्त्री शर्माले प्रर्दशनीको अवलोकन गर्नुभएको थियो । राज्यद्वारा सञ्चालित राष्ट्रिय समाचार समिति (रासस) ले आफ्नो समाचार सेवामासेमत वृद्धि गर्ने क्रममा गत साउन १ गतेदखि औपचारिक रुपमा श्रव्यदृश्य (भिडियो) सेवा सञ्चालनमा ल्याएको छ ।

वि.सं २०१८ मा स्थापना भएको समाचारको मुहान राससले अब नेपाली समाचार, अन्तर्राष्ट्रिय समाचार, अङ्ग्रेजी समाचार, आलेख (फिचर), फोटो (स्वदेशी र विदेशी) र अडियो सेवासँगै  श्रव्यदृश्य पनि आफ्ना ग्राहकलाई उपलब्ध गराउँदै आएको छ । 

फोटो फिचर्स

IMG_9907

IMG_9928

IMG_9909

IMG_9945

IMG_0004

IMG_0030

IMG_9910

IMG_9913

IMG_9916

IMG_9913

IMG_9912

IMG_9932

IMG_9947

IMG_9950

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर