चिनियाँ विदेशी भाषा आदानप्रदान तथा सहयोग केन्द्र र नेपालस्थित चिनियाँ दूतावासको आयोजनामा १६औँ चाइनिज ब्रिज–चाइनिज प्रवीणता सम्पन्न् गरिएको छ । तस्बिर-विशाल श्रेष्ठ/एस् ए टि भी
ललितपुरस्थित यिङ हुआ भाषा प्रशिक्षण संस्थानले चिनियाँ विदेशी भाषा आदानप्रदान तथा सहयोग केन्द्र र नेपालस्थित चिनियाँ दूतावासको आयोजनामा आज विदेशी माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि १६औँ चाइनिज ब्रिज–चाइनिज प्रवीणता, प्रतियोगिताको आयोजना गरेको छ ।
चिनियाँ ब्रिज विश्वभर चिनियाँ सिकाइ र सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको अन्तर्राष्ट्रिय प्रतियोगिता हो। यो चीनको हानपानले २००२ देखि वार्षिक रूपमा आयोजना गर्दै आएको प्रतियोगीता हो।
प्रतियोगीसङ्ग सामुहिक तस्बिर खिचाउनु हुँदै निर्णायक मण्डल। तस्बिर-विशाल श्रेष्ठ/एस् ए टि भी
चिनियाँ राजदूतका उपप्रमुख वाङ सिनको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटका चिनियाँ निर्देशक सीन लुकाओ, काठमाडौं विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटका चिनियाँ निर्देशक ली श्वाङछङ, नेपाल र चिनका चिनियाँ भाषाका प्रशिक्षक लगायत सयभन्दा बढी विद्यार्थीको उपस्तिथी रहेको थियो ।
यस कार्यक्रममा नेपालभरका विभिन्न विद्यालयको प्रतिनिधित्व गर्दै चिनियाँ भाषा सिक्ने विद्यार्थीहरूबीच अन्तर विद्यालय चिनियाँ भाषा भाषण प्रतियोगिता गराइएको हो। कार्यक्रममा विभिन्न उमेर समूहका प्रतियोगीहरूले भाग लिएर चिनियाँ भाषामा आफ्नो उत्कृष्ट भाषण र सशक्त प्रस्तुतिले दर्शकहरूलाई मनोरञ्जन गराएका थिए।
नेपालस्थित चिनियाँ दूतावासका उपप्रमुख वाङ सिन आफ्नो मन्तब्य पेश गर्नु हुदै ।तस्बिर-विशाल श्रेष्ठ/एस् ए टि भी
"चिनियाँ भाषा सञ्चारको साधन मात्र नभएर सञ्चारको पुल पनि हो। यस सञ्चार उपकरणको सदुपयोग गर्न "चिनियाँ ब्रिज" प्रतियोगिताको सदुपयोग गरौं र सञ्चारको यो पुल निर्माण गरौं। चीन र नेपाल बीच जनता-जनता आदानप्रदान र पारस्परिक शिक्षाको लागि पुल निर्माण गर्न मेरो प्रयासमा योगदान गर्नुहोस्! चिनियाँ ब्रिज गतिविधिले विश्वभरका चिनियाँ विद्यार्थीहरूलाई प्रदर्शन र सञ्चार गर्नको लागि मञ्च प्रदान गर्दछ। सहभागीहरूले प्रतिस्पर्धाको माध्यमबाट आफ्नो चिनियाँ स्तर सुधार गर्छन्, र विभिन्न देश र क्षेत्रका विद्यार्थीहरूसँग सिक्ने र सञ्चार गर्ने अवशर पाउछन्, जसले चिनियाँ शिक्षालाई प्रवर्द्धन र लोकप्रिय बनाउन मद्दत गर्नेछ।" वाङ सिनले आफ्नो सम्बोधनमा बताउनुभयो।
क्यालिग्राफी कोर्नुहुदै कार्यक्रमका बिजेता कृशभ पन्त ।तस्बिर-विशाल श्रेष्ठ/एस् ए टि भी
प्रतिश्पर्दाको दोस्रो चरणमा चिनको सामान्य ज्ञान बारे सोधिएको थियो भने तेस्रो चरणमा विद्यार्थीहरूले आफ्ना अन्य प्रतिभा जस्तै चिनियाँ कविता वाचन, नृत्य, सुलेखन, इत्यादि प्रस्तुत गरेका थिए ।
कार्यक्रमको नतिजा पनि आजै सार्वजनिक गरिएको थियो जसमा एल आर आइ स्कुलका बिद्यार्थी कृशभ पन्त बिजेता घोषित भएका थिए ।
प्रतियोगितामा प्रथम हुनेलाई आयोजकको तर्फबाट प्रमाणपत्र र पुरस्कार प्रदान गर्नुका साथै २०२३ को अगस्टमा ‘चाइनिज ब्रिज’ चिनियाँ भाषा प्रतियोगिता फर वर्ल्डको ग्लोबल फाइनलका लागी चिन पठाइने साथै दोस्रो स्थानका विजेता र उत्कृष्टता विजेतालाइ प्रमाणपत्र र पुरस्कार प्रदान गरिने आयोजकले जानकारी गराएको छ।
फोटो फिचर्स