नेभिगेसन मेनु

तीन सय घरधुरीलाई खानेपानीको समस्या
सम्पादक:南亚网络电视
समय:2023-06-15 13:03

Untitled-1 (37)

तनहुँ, जेठ ३२ गते । तनहुँको भानु नगरपालिका–२ का बासिन्दा वर्षौंदेखि खानेपानीको अभाव भोगिरहेका छन्। खानेपानीको समस्या समाधान गरिदिन पटक पटक सरकारी निकाय धाएको भए पनि उनीहरूको माग पूरा भएको छैन। सो वडाका अम्बोटे, भकुन्थोक, कालीमाटी र बाह्रबिसेका बासिन्दा एक ग्राग्री पानी लिन एक घण्टा समय खर्च गर्नुपर्ने बाध्यतामा रहेका छन्।

बजेट माग राखेर धाउँदा धाउँदै हैरान भएको अम्बोटे कालीमाटी बोरिङ खानेपानी योजनाका अध्यक्ष शिवराज त्रिपाठीले बताउनुभयो। दुई करोड सात लाख रुपियाँको लागत अनुमान तयार भएपछि सङ्घ, प्रदेश तथा नगरपालिकामा बजेटको माग राखी पटक पटक धाए पनि बजेट नपरेको त्रिपाठीले बताउनुभयो। 

वडा नं. २ बाट २० लाख, जनश्रमदान तीन लाख ९४ हजार ७२४ गरी २३ लाख ३४ हजार ७२४ रुपियाँको लागतमा डिप बोरिङबाट प्रशस्त पानी निकाल्न सफल भएको भए पनि खानेपानीका लागि ट्याङ्की र पाइपलाइन बनाउन र बिच्छाउने पाइप नहुँदा खानेपानीको हाकाकार भएको त्रिपाठीले बताउनुभयो। त्रिपाठीले भन्नुभयो, “बोरिङबाट तीन सय घरधुरीलाई घरघरै २४ सै घण्टा पानी पु-याउन मिल्ने गरी पानी निस्किएको छ तर थप बजेट नहुँदा तिर्खा मेटाउन गाउँवासीले पाएका छैनन्।” बजेट नहुँदा एक लाख ५० हजार क्षमताको ट्याङ्की निर्माण गरेर चार गाउँका बासिन्दालाई पानी वितरण गर्ने सपना अधुरै रहेको अध्यक्ष त्रिपाठी बताउनुहुन्छ।

२०४३ सालमा रेडक्रसले निर्माण गरेको योजनाबाट १५० घरधुरीका लागि २२ वटा सार्वजनिक धारा निर्माण गरिए पनि हाल जनसङ्ख्या बढेर दोब्बर भएको र पुरानो योजनाको ट्याङ्कीमा पानी चुहिने समस्या भएकाले खानेपानीको चरम अभाव रहेको त्रिपाठीले बताउनुभयो। नेताले चासो नदिँदा वडामा खानेपानीको समस्या चर्को बन्दै गएको स्थानीय बासिन्दा बताउँछन्।

गण्डकी प्रदेश सरकारमार्फत योजनाका लागि बजेट निकासा भए समस्याको समाधान हुने आशा रहेको स्थानीय कृष्णबहादुर घिमिरेले बताउनुभयो। यो ठाउँमा डुम्रे–बेँसीसहर सडकखण्डले छोएकाले गोरखाको पालुङ्टार नगरपालिका क्षेत्रबाट बसाइँ सरेर आउने गरेकाले जनसङ्ख्या बढेर पानीको समस्या बढेको घिमिरेले बताउनुभयो। 

पानीका लागि आधा घण्टाभन्दा टाढाका कुवा तथा धारामा पालो कुरेर ल्याउनुपर्ने बाध्यता रहेको भानु नगरपालिका–२, अम्बोटेकी शिक्षिका लक्ष्मी त्रिपाठीले बताउनुभयो। अधिकांश घरमा एक जना महिलाको काम पानी ओसार्नमा ठिक्क हुने गरेको उहाँले बताउनुभयो। 

बिहान उठेदेखि राति नसुतुन्जेलसम्म अति आवश्यक पर्ने पानीको आपूर्ति नहुँदा दैनिकी कष्टकर बनेको आयोजनाको अनुगमन समितिका भक्तबहादुर कुँवरले जानकारी निुभयो। कुँवरले खेतीयोग्य जमिन भए पनि पानीको अभावले तरकारी खेती र पशु चौपायालाई खुवाउनसमेत नसकिने अवस्था रहेको बताउनुभयो। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर