नेभिगेसन मेनु

जहाज दुर्घटनाको पीडा न लास, न मृत्यु दर्ता
सम्पादक:南亚网络电视
समय:2023-05-16 13:40

Untitled-1-(1)

पोखरामा यती एयरको जहाज दुर्घटना भएको छ महिना भएको छ । दुर्घटनामा आफन्त गुमाएकाहरूको पीडा भने अझै दर्दनाक छ । दुर्घटना भएको लामो समयसम्म आफन्तको शव नपाउनु त छँदै छ, मृत्यु दर्तासमेत नहुँदा परिवारमा मानसिक तनाव बढेको छ । 

दुर्घटनामा नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक ३३ वर्षीय सरु डुम्रेले पति, छोरा, छोरी र आमा गुमाउनुभयो । पति र छोराको शव नभेटिँदा उहाँ विक्षिप्तजस्तै हुनुभएको छ । परिवारका अन्य सदस्य भौँतारिँदै हिँडेका छन् । कास्कीको जिल्ला प्रशासन कार्यालय, गृह मन्त्रालय, यती एयरलाइन्सको कार्यालय, पर्वतस्थित ब्यादी गाउँपालिकाको कार्यालय धाउँदै परिवारका सदस्यको छ महिना बितेको छ । 

दुर्घटनामा आफन्त गुमाएको पीडाभन्दा पनि लामो समयसम्म लास नभेट्दा मृत्यु दर्ता गर्न नपाएकाले परिवार पीडित बनेको छ । सरुका बुबा ढाकाराम डुम्रेले भन्नुभयो, “हामी माइती पक्ष हौँ, हामी निरन्तर ज्वाइँ र नातिको लास खोजीमा लागिपरेका छौँ । यता छोरीलाई पनि छाड्न मिलेको छैन । शवबिना सहज रूपमा मृत्यु दर्तासमेत गर्न सकिएन ।”

सरुका भाइ गणेश डुम्रे भन्नुहुन्छ, “सपनामा म भएको ठाउँमा खोज्नै आएनन् भन्नुभएको छ । लौन खोजिदिनुप¥यो भन्दै दिदी रुनुहुन्छ, हामीलाई सम्हाल्नै गाह्रो भयो । समयमा मृत्यु दर्ता गर्न पाएको भए दिदीलाई सम्हालिन सजिलो हुन्थ्यो ।” 

उहाँ भन्नुहुन्छ, “ब्यादी गाउँपालिका–५ को कार्यालयमा धेरै पटक पुगियो, वडा कार्यालयले जिल्ला प्रशासन जानु भन्छ, प्रशासनले के गर्ने भन्नेमा हामीलाई कुनै जानकारी छैन भन्छ, भन्ने कसलाई हो ? गर्ने के हो हामी त अन्योलमा प-यौँ ।” 

जहाज दुर्घटनामा परेका ७२ जनामध्ये ७० जनाको सनाखत भइसकेको यती एयरलाइन्सको पोखरा कार्यालयका प्रमुख राम लामिछानेले बताउनुभयो । जहाजमा सवार युवराज शर्मा र बेबी शर्माको शव नै नभेटिएको उहाँको भनाइ छ । दुर्घटनामा परेर ज्यान गुमाएका सरुकी छोरी र आमाको भने अन्तिम संस्कारसमेत भइसकेको छ । शव नभेटिएपछि हिन्दु संस्कार अनुसार कुशको चिता बनाएर अन्तिम संस्कार गरिएको परिवारले जनाएको छ । 

आफू छलफलमा रहेको र यसलाई समयमा नै टुङ्गोमा पु-याउने तयारीमा रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीको भनाइ छ । उहाँले भन्नुभयो, “कानुनी अड्चनका कारण समस्या भएको हो । अब हामी सुरक्षा समितिको बैठक बसेर छिट्टै टुङ्गोमा पुग्छौँ ।” यती एयरलाइन्ससँग दुर्घटनाग्रस्त जहाजमा यात्रा गरेकाको सबै विवरण मागिएको प्रजिअ केसीको भनाइ छ । 

यती एयरलाइन्स पोखराका प्रमुख लामिछानेले सबै विवरण प्रशासनलाई बुझाउने तयारी भइरहेको जानकारी दिनुभयो । आफू प्रशासनको सम्पर्कमा नै रहेको उहाँको भनाइ छ । किन यति ढिला भयो भन्ने प्रश्नमा लामछिानेले भन्नुभयो, “कानुनी अड्चनका कारण समस्या भएको हो अब छिटै निष्कर्षमा पुग्छ ।” समयमा मृत्यु दर्ता नहुँदा बीमालगायत राहतबाट पीडित परिवार वञ्चित हुँदै आएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर