नेभिगेसन मेनु

क्लबले विरोध गर्दा साफ च्याम्पियनसिपको तयारी झनै कमजोर
सम्पादक:南亚网络电视
समय:2023-06-02 15:26

coach visenjo1685686097

नेपाली राष्ट्रिय फुटबल टिमले आगामी जेठ ३२ गते फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्दैछ। त्यसको एक साता नबित्दै नेपालले भारतमा हुने साफ च्याम्पियनसिपमा भाग लिँदैछ। 

असार ६ देखि हुने साफको समूह ‘ए’ मा नेपालले आयोजक भारत, कुवेत र पाकिस्तानसँग खेल्नेछ। अर्को समूहमा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन्। 

मैत्रीपूर्ण खेल र साफका लागि नेपालको तयारी भने अहिलेसम्मकै कमजोर हुने भएको छ।

प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले गत मंगलबार साफका लागि ३० सदस्यीय प्रारम्भिक टिम घोषणा गरेका थिए। 

सहिद स्मारक ए डिभिजन लिग चलिरहदा नेपालले साँझमा लागि राष्ट्रिय टिमको प्रशिक्षण गराउने निर्णय भएको थियो। बिहीबार र शुक्रबार नेपालको प्रारम्भिक टिमले अभ्यास गरे पनि भोलिदेखि भने एन्फाले प्रशिक्षण स्थगित गरेको छ। 

यो पनि : राष्ट्रिय टिममा परेका खेलाडीलाई लिग पछि मात्र प्रशिक्षणमा पठाउने १० क्लबको निर्णय

१० ए डिभिजन क्लबले लिग चलिरहदा राष्ट्रिय टिमको  प्रशिक्षण गराएको भन्दै आफ्ना क्लबमा आबद्ध खेलाडीलाई अभ्यासका लागि रिलिज नगर्ने निर्णय गरेका थिए। असन्तुष्ट क्लबको निर्णयपछि एन्फा राष्ट्रिय टिमको  प्रशिक्षण संचालन गर्ने आफ्नो निर्णयबाट पछि हट्यो। 

ए डिभिजन क्लब विरोधपछि एन्फाले लिग सकेपछि मात्र राष्ट्रिय टिमको प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता सुरेश शाहले सेतोपाटीलाई बताए। 

यो सिजनको लिग जेठ २७ गते सकिँदैछ। त्यसपछि मात्र नेपाली राष्ट्रिय टिमले ढुक्कले अभ्यास गर्न पाउनेछ। चार दिनपछि नेपालले फिलिपिन्ससँग खेल्नेछ। त्यसको ६ दिनपछि नेपालले साफमा आफ्ना खेल खेल्ने कार्यक्रम छ।

क्लबले खेलाडी रिलिज गर्ने विषयमा अनावश्वक विवाद झिकेको एन्फा प्रवक्ता सुरेश शाहको आरोप छ।

‘खेलाडी रिलिज गर्ने विषयमा लिगको सुरुमै छलफल भएको थियो। साफ हुन्छ भन्ने कुरा लिग सुरु हुनुभन्दा अघि नै थाहा थियो,’ उनले भने, ‘यहाँ बुझाइ फरक भएको छ। हामीले जुन दिन जुन क्लबको खेल पर्छ त्यो दिन त्यो क्लबका खेलाडीलाई अभ्यासमा बोलाएका छैनौं। हामीले लिगलाई नै प्रभावित पार्न खोजेका होइनौं। हामीले ग्यापमा अभ्यास गराउन खोजेका हौं।’

पक्ष र विपक्षको राजीनीतिका कारण पिल्सिएको एन्फामा पछिल्लो समय विवादको ऋंखला जारी छ। जसको प्रत्यक्ष असर फुटबलमा करिअर बनाउनेमाथि परेको छ। 

अध्यक्ष पंकजबिक्रम नेम्बाङ, पूर्वअध्यक्षद्वय कर्माछिरिङ शेर्पा र गणेश थापा पक्षबीचको टक्करका कारण एन्फा विवादित बनिरहेको छ। 

एन्फा प्रवक्ता शाह विवाद हुँदा समग्र संस्थालाई नै असर गर्ने दाबी गर्छन्।  

‘एन्फालाई नै कमजोर बनाउने काम भइरहेको देख्छु। फुटबलमा असहमति रहला, एक आपसमा संघर्ष रहला। तर पक्ष विपक्षको नाममा संस्था नै कमजोर भयो भने भोलि त्यसले सबैलाई असर गर्छ। यो विषयमा (खेलाडी रिलिज) बसेर छलफल गरेर समाधान गर्दा भइहाल्थ्यो। फेरि यो नयाँ आएको समस्या पनि होइन। सम्झौताअनुसार जे जे कुरा भएको छ एन्फा ती कुरामा अघि बढिरहेको छ,’ उनले भने।

अघिल्ला साफभन्दा यसपटक बलिया टिमले प्रतिस्पर्धा गर्दैछन्। साफ बाहिरका कुवेत र लेवनानले साफमा भाग लिने भएपछि नेपालले राम्रो तयारी गर्नु पर्ने अवस्था थियो। 

तर विवादका कारण नेपालले अघिल्ला साफभन्दा पनि झनै कमजोर तयारी गरेको छ।

भारतको बेंगलुरूमा हुने साफ च्याम्पियनसिपमा नेपालले पहिलो खेल कुवतेसँग खेल्नेछ। 

नेपाल र कुवेतबीच साफको उद्घाटन खेल हुने भएको हो। सोहि भारत र पाकिस्तान भिड्नेछन्। 

नेपालले दोस्रो खेल भारतसँग असार ९ र समूहको अन्तिम खेल असार १२ मा पाकिस्तानसँग खेल्नेछ। 

नेपालका खेल

नेपाल भर्सेस कुवेत – असार ६- दिउँस ३:३० बजे 

नेपाल भर्सेस भारत- असार ९-  राति ७:३० बजे

नेपाल भर्सेस पाकिस्तान- असार १२ -  दिउँस ३:३० बजे

फाइल तस्बिर।

नेपाल, भारत, कुवेत र पाकिस्तान समूह ‘ए’ मा छन्। समूह ‘बी’ मा लेवनान, भुटान, बंगलादेश र माल्दिभ्स छन्। 

दुवै समूहका शीर्ष दुई दुई टिम सेमिफाइनलमा पुग्नेछन्। फाइनल आगामी असार १९ मा हुनेछ।

दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको यो संस्करणमा साफ बाहिरका टिमलाई आमन्त्रित टिमको रुपमा सहभागी गराउने निर्णयअनुसार लेवनान र कुवेतले पनि साफ खेल्न लागेका हुन्। 

श्रीलंकालाई फिफाले प्रतिबन्ध भएकाले उसले प्रतियोगितामा भाग लिन पाउनेछैन।

सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिपको सन् २०२३ को संस्करण १४औं संस्करण हो।

सन् २०२१ मा माल्दिभ्समा भएको पछिल्लो साफमा भारतले उपाधि जितेको थियो। त्यतिबेला नेपाल फाइनलमा पराजित हुँदा पहिलो उपाधि जित्नबाट बन्चित भएको थियो। 

१३ संस्करण मध्ये भारतले आठ पटक उपाधि जितेको छ। नेपालले भने अहिलेसम्म उपाधि जित्न सफल भएको छैन। गत संस्करणको फाइनलमा पुग्नु नेपालको उच्च प्रदर्शन हो।

नेपालको प्रारम्भिक टिम

गोलकिपरः किरण चेम्जोङ (आरजी पञ्जाब), दीप कार्की (मनाङ मस्र्याङ्दी क्लब), विशाल श्रेष्ठ (मछिन्द्र फुटबल क्लब)।

डिफेन्डरः विमल पाण्डे (त्रिभुवन आर्मी फुटबल क्लब), सनिश श्रेष्ठ (एपीएफ फुटबल क्लब), अनन्त तामाङ (चर्च ब्वाइज युनाइटेड), देवेन्द्र तामाङ (मछिन्द्र फुटबल क्लब), निशान्त खड्का (संकटा क्लब), आशिष गुरुङ (मनाङ मस्र्याङ्दी क्लब), विक्रम लामा (थ्री स्टार क्लब), रोहित चन्द (पर्सिक केद्री), सिमन्त थापा (जावलाखेल युथ क्लब), अन्जल महर्जन (फ्रेन्ड्स क्लब)

मिडफिल्डरः पुजन उपरकोटी (मछिन्द्र फुटबल क्लब), एरिक विष्ट (चर्च ब्वाइज युनाइटेड), नवीन लामा (एपीएफ फुटबल क्लब), मणिकुमार लामा (एपीएफ फुटबल क्लब), सुदीप गुरुङ (सातदोबाटो युवा क्लब), लकेन लिम्बु (थ्री स्टार क्लब) , आभास लामिछाने (एपीएफ फुटबल क्लब), विशाल तामाङ (जावलाखेल युथ क्लब)

फरवार्डः आयुष घलान (संकटा क्लब), नवयुग श्रेष्ठ (त्रिभुवन आर्मी फुटबल क्लब), दिपकराज सिंह ठकुरी (सातदोबाटो युथ क्लब), अन्जन विष्ट (चर्च ब्वाइज युनाइटेड), मनिष डाँगी (संकटा क्लब), आशिष चौधरी (चर्च ब्वाइज युनाइटेड) , विमल घर्ती मगर (मछिन्द्र फुटबल क्लब), जिलेस्पी जंग कार्की (त्रिभुवन आर्मी फुटबल क्लब), दिनेश हेञ्जन (त्रिभुवन आर्मी फुटबल क्लब)

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर