नेभिगेसन मेनु

गाँजाको ट्रान्जिट बन्दै महोत्तरी
सम्पादक:南亚网络电视
समय:2023-05-24 13:18

无标题 1

महोत्तरी, जेठ १० गते । महोत्तरी जिल्ला गाँजासहित लागूऔषधको ट्रान्जिट बन्दै गएको देखिएको छ ।

प्रहरीले हरेक दिन महोत्तरीका विभिन्न स्थानबाट लागूऔषध बरामद तथा गाँजा पक्राउ गर्ने गरेको देखिएको छ । यही जेठ ८ गते प्रहरीले जिल्लाको एकडारा गाउँपालिका– ३ अजमरपट्टीबाट एक सय केजी गाँजा बरामद गरेको थियो । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरी नेतृत्वको टोलीले चेकजाँचको क्रममा प्रदेश ३–००१ क ०२६९ नम्बरको ट्रकमा उक्त परिणामका गाँजा बरामद गरेको हो ।

प्रहरी नायब उपरीक्षक गिरीका अनुसार बरामद गाँजासहित ट्रक र ट्रक चालक मकवानपुर भिमफेदी गाँउपालिका–१ बस्ने बर्ष रुपेश गोले र सोही ठाउँ बस्ने सहचालक अनिल पाख्रिनलाई नियन्त्रणमा लिइएको छ ।

यसैगरी जेठको पहिलो हप्तामा प्रहरीले जिल्लाको गौशालाबाट ८२ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको थियो । ना ७ त २०० नंको ट्याक्टरमा ८२ किलोग्राम लागूऔषध गाँजा बोकेर गौशाला नगरपालिका–१२ जङ्गलमा रेल्वे पुल नजिकै रहेको बाँके खोलाको बाटो हुँदै कान्तिबजार आउँदै गरेको अवस्थामा सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बस्ने २६ वर्षीय गणेश सार्की र सोही ठाउँका पाण्डव थापालाई प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले चालु आर्थिक वर्षको दोश्रो त्रैमासिकको माघ महिनासम्ममा ८ विग्हामा लगाइएको गाँजाको आठ लाख बोट नष्ट गरिनुका साथै १४४ केजी गाँजा विभिन्न ठाउँबाट बरामद गरेको जानकारी दिएको छ । यसक्रममा ३० वटा लागूऔषधसम्बन्धी मुद्दा दर्ता समेत गरिएको जनाइएको छ ।

जानकारहरुका अनुसार पूर्वपश्चिम राजमार्ग तथा विपी राजमार्गसँगै जोडिएको तथा भारतीय क्षेत्र नजिक समेत रहेको कारणले महोत्तरीमा लागूऔषधको व्यापार फस्टाएको र दर्व्यसनी समेत बढेको छ ।

जिल्लाको कोल्हुवा, वगेया, अजमरपट्टी, अनकार, महादेवपट्टी, भटौलियालगायतका क्षेत्रमा गाँजाको खेती गरिन्छ भने मकवानपुर, पर्सालगायत विभिन्न जिल्लाबाट ल्याइने गाँजा महोत्तरी जिल्ला हुँदै भारतीय क्षेत्रमा बिक्री वितरणका लागि पुर्‍याउने गरिन्छ ।

मकवानपुर, बारा पर्सा, रौतहट, सर्लाही, महोत्तरीलगायत जिल्लाका प्रहरीलाई अवैध रकम दिएर गाँजाको ओसारपसार हुने गरेको बताइएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार जिल्लाको मुख्य नाका भिठ्ठामोड तथा सहायक नाकाहरु ब्थनाहा, सिसवाकटैया, खैरबन्नी, रघुनाथपुर, सम्सी नाकाबाट सङ्गठित रूपमै गाँजा तस्करी हुने गर्छ ।

जिल्लामा लागूऔषध ओसारपसार गर्नेले बर्दिबासलाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाएर कारोबार गर्ने गरेको पाइएको छ । पहाडी क्षेत्रमा उत्पादित गाँजा भारत पुर्‍याउने र भारतीय बजारबाट नेपालमा प्रतिबन्धित नशालु लागूऔषध लिएर फर्कने गरेको पाइएको छ ।

आर्थिक वर्ष ०७८/०७९ मा प्रहरीले जिल्लाको विभिन्न ठाउँबाट आठ लाखभन्दा बढी गाँजाका विरुवा नष्ट गरेको छ भने १२ भट्टीबाट चार सय ४४ लिटर तयारी मदिरा, ८१ सय लिटर कच्चापदार्थ १२ वटा मेसिन समेत नियन्त्रण लिएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर