नेभिगेसन मेनु

सानदार सुरुआतपछि नेपालको संघर्ष
सम्पादक:南亚网络电视
समय:2023-04-29 13:36

thumb (3)

कमजोर प्रर्दशनका कारण आलोचित हुन लागेका ओपनिङ ब्याटिङ जोडी कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा उत्कृष्ट सुरुआत दिलाएका छन् । 

समूहचरणका यसअघिका तीन खेलमा कुशलले ४० र आसिफले २० रनमात्र बनाउन सकेपछि उनीहरुको क्षमतामा प्रश्न उठ्न लागिसकेको थियो । उनीहरूको कमजोर प्रदर्शनको बावजुद प्रशिक्षक मोन्टि देसाईले ओपनिङ जोडीमा प्रश्न गर्ने कुनै ठाउँ नरहेको भन्दै कुशल र आसिफको बचाउ गर्दै आएका थिए ।

तर यी दुईले शनिबार कुवेतविरुद्ध १० ओभरमा ७६ रन जोडी नेपाललाई सानदार सुरुआत दिलाएका थिए । कुशल र आसिफले छैटौं ओभरमा नेपालको ५० रन पुर्‍याएका थिए । कुशल ११ ओभरमा ३९ बलमा ४३ रन बनाई आउट भए । उनले ७ चौका र १ छक्का प्रहार गरे ।

उनको स्थानमा आएका भीम सार्की ४ बलमात्र टिकी १ रनमा आउट भए । आसिफ शेख २८ बलमा ३१ रन बनाई आउट भए । उनले ३ छक्का र १ चौका प्रहार गरे ।

नेपालले पछिल्लो स्थितिमा १६ ओभरमा ३ विकेट गुमाई ९५ रन बनाएको छ । कप्तान रोहित पौडेल ७ र कुशल मल्ल १० रन बनाई खेलिरहेका छन् ।

नेपाल समूह ‘ए’ को विजेता बनेर सेमिफाइनल पुगको हो भने कुवेत अन्तिम खेलमा हङकङलाई स्तब्ध पार्दै समूह ‘बी’ को उपविजेता बनि नेपालसँगको खेलमा उभिएको हो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर