नेभिगेसन मेनु

कतारले लियो नेपालको परीक्षा
सम्पादक:南亚网络电视
समय:2023-04-28 12:35

thumb

कतारको वास्तविक परीक्षालाई पन्छाएको नेपालले एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा कुवेतसँग खेल्ने भएको छ । निराशाजनक ब्याटिङ गरे पनि नेपालले बिहीबार कतारलाई ६८ रनले पराजित गरेको हो ।

एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने लक्ष्य बनाएको नेपाल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ४०.३ ओभरमा १ सय ५७ रनमा अलआउट भयो । नेपाली इनिङ्समा केवल १२ चौका समावेश थियो, त्यसमा १० औं नम्बरमा ब्याटिङ गरेका सन्दीप लामिछानेले ६ चौका प्रहार गरेका थिए ।

५० ओभरभित्र आउट हुने आफूले अपेक्षा नगरेको प्रशिक्षक मोन्टी देसाईले सुनाए । ‘तर प्रत्येक खेल र प्रत्येक शटसँगै चुनौती पनि आउँछन् । र, आज हाम्रो परीक्षा भयो । नयाँ योजना र नयाँ एङ्गलको बलिङले हाम्रो परीक्षण गर्‍यो,’ उनले भने, ‘हामीले राम्रो साझेदारी पनि गर्न सकेनौं, जुन हाम्रो शक्ति थियो । हामीले जति पनि खेलेका छौं, शीर्ष चार ब्याटरले कुनै ठुलो साझेदारी हुने गरेको थियो । यसमा हामी चुक्यौं, जसका कारण सम्मानजनक स्कोर बनाउन सकेनौं । २४० देखि २५० रनको लक्ष्य हामीले बनाउनुपर्थ्यो र ५० ओभर पूरा खेल्नुपर्थ्यो ।’

कतारसँगको खेल अहिले चिन्ताको विषय नभएको तर आफ्ना खेलाडीले सही स्किल देखाउन नसकेकामा प्रशिक्षक देसाई दुखी थिए । जवाफमा आएको कतारलाई पनि सजिलो भएन । नेपालले कतारलाई २५.१ ओभरमै रनमा अलआउट गर्‍यो । कतारबाट जाहिर इब्राहिम र खुराम सेहजादले समान १५ र अमिर फारुकले १४ रन बनाउनुबाहेक अन्यले दोहोरो स्कोरमा रन जोड्न सकेनन् । सन्दीपले ५ विकेट लिए । उनले ९.१ ओभरमा ३ मेडन राख्दै १४ रन खर्चे । सोमपाल कामीले ७ ओभरमा १ मेडन राख्दै २४ रन खर्चेर ३ र ललित राजवंशीले ५ ओभरमा २७ रन खर्चेर २ विकेट लिए ।

सबै चार खेल जितेर नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुगेको हो । यसै समूहबाट ओमान उपविजेता भई अघिल्लो दिन नै सेमिफाइनल पुगेको थियो । ओमानले ४ मध्ये तीन खेल जितेको हो ।

समूह ‘बी’ बाट यूएई भाग्यमानी विजेता बन्यो । यूएई ४ मध्ये तीन खेल जितेर यसअघि नै सेमिफाइनल पुगिसकेको थियो । तर, कुवेतले बिहीबार नै मूलपानी क्रिकेट मैदानमा भएको खेलमा हङकङलाई ३० रनले स्तब्ध पारिदियो । कुवेतलाई पराजित गरेको भए हङकङ समूह विजेता बन्दै सेमिफाइनल पुग्थ्यो । तर, ऐतिहासिक विजयपछि कुवेतले नेपालसँग सेमिफाइनल खेल्नेछ ।

पहिला ब्याटिङ गरेको कुवेतले ८ विकेट गुमाई २ सय ७२ रन बनाएको थियो । जवाफमा आएको हङकङ पूरा ५० ओभर खेल्दै २ सय ४२ रनमा अलआउट भयो । नेपाल र कुवेतबीचको सेमिफाइनल कीर्तिपुर तथा यूएई र ओमानबीचको सेमिफाइनल मूलपानीमा हुनेछ ।

यता कीर्तिपुरमा सन्दीप र ललितले अन्तिम विकेटमा ४६ रनको साझेदारी गरेपछि नेपालको स्कोर हेर्नलायक बनेको थियो । सन्दीपले नेपालबाट सर्वाधिक अविजित ४२ रन बनाए । उनले ५८ बल खेले । ललित एलबीडब्लू आउट भएपछि नेपाली इनिङ्स सकिएको थियो । ललितले १७ बल खेल्दै १ रन बनाए । विश्वकप लिग २ को पछिल्लो ३ महिनामा १२ मध्ये ११ खेल जितेर सोझै विश्वकप छनोटमा पुगेको नेपाललाई वरीयताविहीन कतारले वास्तविक परीक्षा लिएको थियो । समूह चरणको अन्तिम खेल खेल्नुअघि नै नेपाल सेमिफाइनल पुगिसकेको थियो । कतार सबै चार खेलमा पराजित रह्यो ।

प्रायः नेपाली ब्याटरले विकेट फाल्न पुगेका थिए । कुशल भुर्तेल २ रनमा मिडविकेटमा सिधा क्याच दिन पुगे । भीम सार्की चौथो ओभरमै रिभर्स स्विप गर्ने प्रयासमा ६ रन बनाई विकेटकिपरबाट समातिए । आसिफ शेख र कप्तान रोहित पौडेलले तेस्रो विकेटमा ४८ रनको साझेदारी गरे । आसिफले पूल गर्न खोज्दा डिप स्क्वायर लेगमा क्याच दिए । उनले २ चौका प्रहार गदै २७ बलमा १९ रन बनाए । रोहित कट बिहाइन्ड दिएको अम्पायरको निर्णयमा खुसी थिएनन् । उनले नेपालबाट २७ रन बनाउँदा ३६ बल खेल्दै २ चौका प्रहार गरे । कुशल मल्लले ३ रनमात्र बनाउन सके । पाँचौं नम्बरमा पठाइएका सोमपालले ११ रन बनाए । दीपेन्द्रसिंह ऐरीको ब्याटले पुनः निराश बनायो । उनले पनि १२ रनमात्र बनाउन सके । क्रिजमा आउनेबित्तिकै छक्का प्रहार गरेका गुलशन झा ७ रनमा आउट भए । कतारबाट अमिर फारुकले ४ विकेट लिए । उनले ९.३ ओभरमा ४२ रन खर्चे । ओबाइस अहमदले १० ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । ज्ञान मुनाविराले २ र इक्रामुल्लाह खानले १ विकेट लिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर