नेभिगेसन मेनु

नेपाल पर्यटन बाेर्डका निर्देशक मणिराज लामिछाने ज्युसगँ हालकाे पर्यटन ब्यवस्थापन बारे बुज्न गरिएकाे अन्तरवार्ता
सम्पादक:南亚网络电视
समय:2023-03-24 16:43

IMG_6663

नेपाल पर्यटन बाेर्डका निर्देशक मणिराज लामिछाने ज्युसगँ एस ए टि भी सम्बाददाता।तस्बिर-एस ए टि भी

जनवादी गणतन्त्र चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले जारी गरेको सूचना अनुसार मार्च १५ देखि राष्ट्रिय ट्राभल एजेन्सीहरू र अनलाइन ट्राभल कम्पनीहरूलाई चिनियाँ नागरिकको ४० देशरक्षेत्रहरूमा प्रायोगिक आधारमा बाहिरी यात्रा पुनः सुरु गर्न अनुमति दिइएको छ र नेपाल ती मध्ये एक हो। तीन वर्षभन्दा बढी समयपछि चीनले आफ्ना नागरिकलाई पर्यटकका रूपमा नेपाल घुम्न अनुमति दिन थालेका छन । मार्च १० मा राजदूत छन सोङले नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री  सुडान किरातीसँग भेट गरी चिनियाँ नागरिकलाई विदेश भ्रमणका लागि पाइलट समूहको दोस्रो समूहमा नेपाल समावेश भएको नेपाली पक्षलाई जानकारी गराएका थिए । हाल नेपालको पर्यटन छेत्रको अवस्था कस्तो छ बुझनाको लागी आज हामीले नेपाल पर्यटन ब्यूरोका निर्देशक श्री मणिराज लामिछानेलाई विशेष निमन्त्रणा गरी हालकाे पर्यटन ब्यवस्थापन बारे बुज्न केही प्रश्न गरेका थियाैँ।

कोरोनाको महामारी पछी पछिल्लो समयमा नेपालको पर्यटन क्षेत्रको अवस्था कस्तो छ कृपया हाम्रो दर्षकहरुलाई छोटो जानकारी दिनूहोस न ।

मुख्य रूपमा कोरोना पछाडि २०२३ को आगमन पश्चात पर्यटकको संख्यात्मक रुप हेर्ने हो भने २०२२मा विश्वको सरदार  ६३% थियो भने नेपालको अहिले चाहिँ त्यसमा ६५% जति रिकोभरि भइसकेको छ। त्यसैगरी जनवरी( फेब्रुअरी महिनामा आउँदा क्रमश २०१९ को दाँजोमा ७० र ७५ %  चाहिँ रिकोभरि भएको देखिन्छ ।

हामीले बिगतको तथ्यांकलाई हेर्दा पनि नेपाल भ्रमण गर्न आउने बिदेशी पर्यटकहरु मध्य सबै भन्दा बढी संख्यामा चिनिया पर्यटकहरु रहने गर्नुभएको छ र हजुर एक  नेपाल पर्यटन विभागको निर्देशकको हकले चिनियाँ पर्यटकका लागि नेपालको पर्यटन क्षेत्र के कत्तिको आकर्षक छ भन्ने लाग्छ हजुरलाई?

चिनियाँ पर्यटक नेपालीको लागि महत्वपूर्ण रहेको छ र चिनियाँ  बजार पनि नेपालको लागि प्रमुख श्रोत बजार हो । २०१९को तथ्याङ्क हेर्ने हो भने सैभन्दा पहिले भारत २,७०,००० र चिनबाट १,७०,००० नेपाल भित्रिएको देखिन्छ । त्यो हिसाबमा भारत पछि चिनियाँ बजार नै हो र विश्वव्यापी  रूपमा  कुल पर्यटकको १०(१५५ चाहिँ चिनियाँ पर्यटकले नै ओगट्छ । २०१६ मा नेपाल सरकार र चिनियाँ सरकारद्वारा एउटा सम्झौता गरिएको थियो जसमा ५ वर्ष भित्र करिब २०० जना चिनियाँ भाषी टूर गाइडहरू तयार गर्ने भनेर भनिएको थियो ।   २०१९ मा १,७०,००० भएकोले हामीले २०२० मा पनि चिनियाँ सरकारको सहकार्यमा कम्तीमा पनि ५,००,००० चिनियाँ पर्यटक भित्र्याउने लक्ष्य राखेको थियौ अन्त्यमा कभिडको कारणले अगाडि बढ्न सकेनौं । तर भर्खरै चिनियाँ सरकारले फेब्रुअरीको सुरुवात तिर घुम्न पर्ने थप बीस ओटा देश मध्य नेपाल लाई एक राखेको र मार्च पन्ध्र बाट आधिकारिक रूपमा खुलेको हुदा आगामी दिनहरूमा नेपालमा चिनियाँ पर्यटकको राम्रो उपस्थिति हुन्छ भन्ने हामीले आशा गरेका छौ।

चीनको पर्यटन उद्योगसँग सहकार्य गर्ने सम्बन्धमा नेपाल पर्यटन बोर्डको केही योजनाहरू छन् तरु छन् भने कृपया सेयर गर्दिनु होस् न।

मुख्य रूपमा चीन हाम्रो मुख्य बजार भएको हुनाले हामीले नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स सँग मिलेर , मार्चको अन्त्यतिर वा अप्रिलको पहिलो हप्ता भित्र, चीनका प्रमुख बजार जस्तै बेइजिङ, सांघाई, होङजोऊ यो तीनवटा बजारमा चाहिँ एउटा सेल्स मिसन को आयोजना गर्ने र नेपालबाट २०(२५ जना राम्रा राम्रा टूर अफर लिएर जाने र चीनका ठूला ठूला टूर अपरेटर तथा मीडिया हरुलाई बोलाएर एउटा व्यापारीक आदान प्रदान कार्यक्रम गर्ने भनेर योजना बनाएका छौ। त्यसैगरी अब चाईनिज फेयर, विभिन्न ट्राभल सो हरू, ट्राभल फेयरहरु, चीनका मुख्य शहरहरूमा मुख्य बेइजिङ, सांघाई, होङजौ, खुनमिङ, छनतु सहरहरू जहाँ नेपालका सिघ्र हवाई सेवा पनि छ। यी क्षेत्रमा चाहिँ हामीले त्यहाँका ठूल(ठूला मेलाहरुमा, उत्सव हरुमा चाई हामीले सक्रिय सहभागिता जनाउने पनि आयोजना बनाएका छौ।

नेपालको पर्यटन क्षेत्रले चिनियाँ पर्यटकहरुलाई नेपाल भित्र्याउदा खेरी उहाँहरुले सामना गर्नुपरेका कठिनाइ तथा चुनौतीहरू  के(कस्ता रहेका छन् र यदि कोही चिनियाँ पर्यटक नेपाल घुम्न आउँदा ध्यान दिनुपर्ने कुराहरू के कस्ता छन्रु हजुर केही सल्लाह सुझाव दिन चाहनु हुन्छ ?

रसिया र युक्रेनको युद्धले तेलको मूल्य तलमाथि भइरहेको छ जस कारण अहिले चिनबाट मात्र हैन अन्य देशबाट पनि नेपाल आउनलाई  सहज न भएको देखिन्छ । त्यही माथि कोभीडको कारणले बिग्रेको हाम्रो पर्यटन क्षेत्र बिस्तारै बिस्तारै गतिमा फर्किदै गरेको अवस्था छ। यसले गर्दा माग धेरै छ तर हाम्रो आपुर्ति चाहिँ कम , मुख्यतः हाम्रो हवाईमार्गको क्षेमता कम भएको छ। त्यसले गर्दा भारत, अनि चीन जान पनि युरोपको विभिन्न गन्तव्यतिर जान आउनलाई पनि जना आउन हवाई भाडा अलिकति महंगो भएको हुनाले चीनको पनि त्यही समस्या भएको छ। त्यसैले हामीले नेपाल सरकार मार्फत चिनियाँ सरकारलाई धेरै भन्दा धेरै दुई तर्फी हवाई सेवा सञ्चालन गरौं भनेर पहल गरिरहेका छौ। त्यसो हुँदा भाडा कम पर्न जाने र चिनियाँ पर्यटकको आवत धेरै हुन्छ जस्तो लाग्छ । त्यसबाहेक चिनियाँहरूले छानेको गन्तव्य मध्य नेपाल पनि एउटा भएको र मुख्य रूपमा काठमान्डौ, पोखरा, चितवन, नगरकोट यो चार पांच क्षेत्र चाहिँ अलिक बढी गतीबिधि हुने हुनाले ति क्षेत्र हरुमा उहाँहरुले खोजेका जस्ता रेस्टुरेन्ट अनि होटलमा पनि चाहेको सेवा सुविधाहरू लगायतका टूर गाइडहरू, यातायातका कुराहरू सब्बै पोख्त छ। त्यसले गर्दा नेपाल घुम्न नागरिक आरामसंगले आएर आफ्नो होलिडेज बिताउन सक्ने अवस्था छ।

केहि समय अगाडि मात्रै चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले चिनियाँ नागरिकलाई नेपाल भ्रमण गर्न आउनको लागि अनुमति दिएको छ । हामी आशा राख्दछौ की धेरै भन्दा धेरै चिनियाँ पर्यटकहरू नेपाल घुम्न आउनु नै हुने छ। के नेपालको पर्यटन क्षेत्र ती चिनिया पर्यटकलाई स्वागत गर्नको लागि तयार छ त ?

नेपालको पर्यटन क्षेत्र तयार मात्र होइन उहाँहरुलाई स्वागत गर्न आतुर छ। मेरो भर्खरै पनि केही चिनियाँ पर्यटन सञ्चालन गर्ने टूर अपरेटर संग कुरा भएको थियो, उहाँहरू पनि निक्कै हर्षित हुनुहुन्छ। उहाँहरूको पनि खुसीको सीमा नै छैन। हामी सँगै उहाँहरू पनि चिनियाँ पर्यटक स्वागत गर्न आतुर हुनुहुन्छ। त्यसैगरी होटल व्यवसायी, यातायात व्यवसायी पनि आतुर हुनुहुन्छ। समग्र रूपमा नेपाल सरकार र पर्यटन क्षेत्र चाहिँ चिनियाँ पर्यटक हरुको जस्तै परिस्थितिमा पनि नेपाल भ्रमण गराउन तयारीमा हुनुहुन्छ।

हजुरको व्यस्त समय तालिका बावजूद पनि हजुरको अमूल्य  समय दिएर आजको यस कार्यक्रममा उपस्थित हुनुभयो, त्यसकालागि धेरै धेरै धन्यवाद ।

यहाँ हरुलाई पनि नेपाल पर्यटन बोर्डको र समग्र पर्यटन क्षेत्रको तर्फबाट चिनियाँ पर्यटकको वर्तमान अवस्था र उहाँहरुलाई स्वागत गर्न नेपालले गरेको तयारीको बारेमा दर्शकलाई जानकारी गराउने अवसर प्रदान गरिदिनुभएकोमा पर्यटन बोर्डको तर्फबाट साउथ एशिया नेटवर्किंग टेलिभिजनलाई  सम्पूर्ण धन्यवाद।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर