नेभिगेसन मेनु

राराका संरचना सारिँदै
सम्पादक:南亚网络电视
समय:2023-02-24 13:15

thumb (12)

मुगु — रारा राष्ट्रिय निकुञ्ज स्थापना भएको करिब ४७ वर्षपछि भौतिक संरचना तालभन्दा बाहिर सार्न थालिएको छ । २०३२ सालदेखि रारा ताल परिसरमा निर्माण गरिएका संरचना माथिल्लो मिलिचौर सार्न थालिएको हो । यो वर्ष झन्डै ५९ लाख रुपैयाँ बजेटमा मिलिचौरमा निकुञ्जको कार्यालय सुरु गरिएको छ ।

निकुञ्ज विभागको परिपत्रअनुसार निकुञ्ज कार्यालयसहित नेपाली सेनाको ब्यारेक, होटललगायत संरचना ५ वर्षभित्र बाहिर सारिसक्ने निकुञ्जका संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले बताए । ‘रारा तालको प्राकृतिक सुन्दरता बचाउन र पर्यटक आगमनमा वृद्धि गर्न यो कार्यक्रम ल्याइएको हो,’ उनले भने, ‘अब ताल नजिकै कुनै पनि निकायले भौतिक संरचना निर्माण गर्न पाउने छैन ।’

माथिल्लो मिलिचौरबाट रारा ताल पुग्न करिब आधा घण्टाको पैदल दूरी छ । मिलिचौर फराकिलो भएकाले निकुञ्जका सबै पूर्वाधार अट्ने र कुनै पनि खेललगायत गतिविधि सञ्चालन गर्न सहज हुने उनको भनाइ छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर