यो वसन्त ऋतुमा नेपालमा विभिन्न हिमाल आरोहणका लागि आरोहीको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ ।
हालसम्म विभिन्न २५ देशका आरोहीले आरोहणको अनुमति पाएका छन् ।
अहिलेसम्म सुरमासरोवर उत्तर हिमालमा एक–एक, अन्नपूर्ण हिमालमा तीन, पाङ्गरी गोल्डुम्बा हिमाल, मनास्लु र थोराङ चुचुरोमा एक–एक गरी ७ आरोहण टोलीले अनुमति लिएका छन् । उक्त टोलीमा ३३ पुरुष र १७ महिला गरी जम्मा ५० जना रहनेछन् ।
यसपटक सगरमाथा आरोहण अनुमतिका लागि निवेदन दिनेको संख्या अझै केही दिनमा बढ्न सक्ने अनुमान गरिएको छ ।
विश्वमा कोभिड–१९ को महामारी चलिरहेको बेला पनि नेपालमा हिमाल आरोहण गरिएको थियो । गत वर्षदेखि नेपालको हिमालमा आरोहीको संख्या बढ्दै गएको छ ।
सगरमाथा आरोहण अनुमति दिँदा नेपाल सरकारले हालसम्म १२ लाख ९८ हजार ९५० रुपैयाँ राजश्व संकलन गरेको छ ।
नेपालको हिमाल आरोहणका लागि वसन्त ऋतुलाई उत्कृष्ट मौसम मानिन्छ ।