नेभिगेसन मेनु

हिमपातसँगै पर्यटक उत्साही
सम्पादक:南亚网络电视
समय:2023-03-09 14:14

Untitled-1 (4)

म्याग्दी, फागुन २५ गते । मुस्ताङमा यस वर्षकै पहिलो पटक भारी हिमपात हुँदा पर्यटक तथा किसान उत्साहित भएका छन् । मुस्ताङ भ्रमणमा आएका आन्तरिक तथा बाह्य पर्यटक हिउँ खेल्न पाइने भन्दै उत्साहित भएका हुन् । 

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका, लो–घेकर दामोदर कुण्ड गाउँपालिका तथा बाह्रगुङ मुक्ति क्षेत्र गाउँपालिकामा भारी हिमपात भएको प्रमुख जिल्ला अधिकारी अनुप केसीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “अहिलेसम्म मुस्ताङ जिल्लाभर पानी परेसँगै हिमपात भइरहेको जानकारी आएको छ । यसबाट हुने क्षतिको कुनै जानकारी आएको छैन ।” उहाँले सबै सुरक्षा निकाय तथा अन्य निकायलाई उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको बताउनुभयो । 

जिल्लामा बिहानैदेखि हिमपात सुरु भएको बाह्रगुङ मुक्ति क्षेत्र गाउँपालिका–१, रानीपौवाका पर्यटन व्यवसायी अमृत सुवेदीले बताउनुभयो । हिमपातले गर्दा आन्तरिक तथा बाह्य पर्यटक खुसी भएको उहाँको भनाइ छ । हिउँ पर्न थालेको र पानी पनि परिरहेकाले बाहिर निस्कन सकिएको छैन तर पानी पर्न रोकिएपछि हिउँ खेल्नका लागि पर्यटक तम्तयारी रहेको उहाँले बताउनुभयो । 

शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका निमित्त प्रमुख पद्म आत्रेयले हिमपातले गर्दा शीतोष्ण हावापानीमा हुने फलफूल तथा तरकारी बालीलाई सिँचाइको राम्रो प्रबन्ध हुने बताउनुभयो । सिँचाइको व्यवस्था नहुने क्षेत्रका लागि यसले राम्रै हुने भएको छ । 

अहिले स्याउका सुषुप्त अवस्थामा रहेका मुनालाई सामान्य हिमपातले धेरै असर नपर्ने उहाँले बताउनुभयो । बढी हिमपात भएमा हाँगा भाँचिने र कतिपय फलफूलमा परागसेचनको समय भएकाले हिउँ बाक्लो परेमा भने असर गर्ने देखिन्छ । अहिले डुकु निस्कने बेला भएकाले तरकारीको बीउ उत्पादनमा केही असर गर्न सक्छ उहाँले भन्नुभयो ।    

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर