नेभिगेसन मेनु

नाकामा भन्सार कार्यालय नहुँदा राजस्व सङ्कलन प्रभावित
सम्पादक:南亚网络电视
समय:2023-02-21 15:42

dfbnsdf

नेपालगन्ज, फागुन ९ गते । बाँकेमा मुख्य नाका बाहेक अन्य कुनै पनि नाकामा भन्सार कार्यालय नहुँदा राजस्व सङ्कलनको लक्ष्य भेटाउन समस्या भइरहेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । जिल्लाका विभिन्न साइड नाकाहरूमा रहेका सात वटा छोटी भन्सार कार्यालयहरू करिब दुई दशक अघि सशस्त्र द्धन्दका बेला बन्द गरिएकोमा हालसम्म पुन स्थापना हुन सकेका छैनन् । 

साइड नाकाहरूबाट ठुलो परिमाणमा विभिन्न सामाग्री राजस्व छलेर खुला रूपमा भारतबाट भित्रिने गरेकोले राजस्वको लक्ष्य पुरा गर्न समस्या भइरहेको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले बताउनुभयो । उहाँले गत केही वर्षयता छोटी भन्सार बन्द गरिएका नाकाहरूबाट खुला रूपमा चोरी पैठारी बढेको कारण राजस्व सङ्कलनको लक्ष्य पुरा गर्न नसकिएको बताउनुभयो । 

सशस्त्र द्धन्दको बेला बन्द गरिएका ती छोटी भन्सार हालसम्म पनि पुन स्थापना नहुँदा जिल्लाका विभिन्न नाकाहरूबाट अवैध आयात निर्यात बढेकोले दैनिक ठुलो परिमाणमा राजस्व चुहावट भइरहेको जानकारी पाएको नेपालगन्ज भन्सारका सूचना अधिकारी शर्माको भनाई छ । 

नेपालगन्ज भन्सार कार्यालयका अनुसार बाँकेको सुइया बगौडा स्थित कटकुइया, नरैनापुर, भगवानपुर, खडैचा होलिया, हिरमिनियाको भघोटना, साई गाउँ र साइगाउँ पश्चिम तर्फको उढरापुर नाकामा छोटी भन्सार कार्यालयहरू रहेका थिए । 

तर, लामो समयदेखि कार्यालय पुन स्थापना नहुँदा अधिकांश छोटी भन्सार कार्यालयका भौतिक संरचनाहरू अहिले काम नलाग्ने गरी जीर्ण भएका छन् । नरैनापुर, खडैचा, साई गाउँमा छोटी भन्सार रहेका भवन अहिले भत्किएर काम नलाग्ने अवस्थामा पुगेको भन्सार कार्यालयले जनाएको छ । 

गाउँको बाटोबाट भित्रिने मालसामानको भन्सार गर्ने छोटी भन्सार पुनः स्थापना नगरिँदा भारतसँग सीमा जोडिएका गाउँको बाटोबाट खुलेआम तस्करी हुने गरेको स्थानीयको भनाई छ । 

छोटी भन्सार नभएका नाकाहरूबाट पैदल, मोटरसाइकल र साइकलमा राखेर दैनिक ठुलो परिमाणको मालसामान राजस्व छलेर नेपाल भित्रिने गरेको दैनिक प्रत्यक्ष देखिएको उनीहरूको भनाई छ । 

छोटी भन्सार नहुँदा राजस्व चुहावट लामो समयदेखि हुँदै आएको नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले पनि बताउनुभएको छ । उहाँले छोटी भन्सार पुन स्थापनाका लागि पटक पटक आग्रह गरिए पनि सुनुवाइ नभएको बताउनुभयो । ६५ किलोमिटरको खुला नाकामा एउटा मात्र भन्सार कार्यालय हुनु लगायतका कारणले गत केही वर्षदेखि नेपालगन्ज भन्सारको राजस्व सङ्कलनमा कमी आउँदै गएको छ । 

तत्काल सबै छोटी भन्सार पुन स्थापना गर–उद्योगी व्यवसायी

भारतबाट अवैध रूपमा हुने चाेरी पैठारीले लक्ष्य अनुसार भन्सार राजस्व सङ्कलन गर्न नसकिएको तथा स्थानीय व्यवसायीको व्यापार धराशायी हुँदै गएको जनाउँदै उद्योगी व्यवसायीले तत्काल छोटी भन्सार पुन स्थापनाको माग गरेका छन् । 

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहीद मन्सुरीले यति लामो खुला सिमानामा एउटा मात्र भन्सार हुँदा चोरी पैठारी अत्यधिक बढेर राजस्व सङ्कलनसँगै व्यापार व्यवसाय पनि प्रभावित भएको बताउनुभयो । उहाँले तत्काल सबै छोटी भन्सार सञ्चालनमा ल्याएर नाकामा कडाइका साथ राजस्व सङ्कलन गरिनुपर्ने माग गर्नुभयो । 

सोही प्रकारले बाँकेका व्यवसायी कृष्ण प्रसाद श्रेष्ठले पनि छोटी भन्सार नहुँदा राजस्व चुहावट धेरै बढेको जनाउँदै राजस्व नतिरेर भित्रिएको मालसामानका कारण स्थानीय व्यवसायीलाई पनि समस्या भइरहेको बताउनुभयो । 

उता, आर्थिक वर्ष ०७८।०७९ मा लक्ष्यको ८८.५ प्रतिशत मात्रै राजस्व असुली गरेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । आर्थिक वर्ष ०७८।०७९ मा २५ अर्ब २१ करोड २६ लाख ६२ हजार रुपियाँ राजस्व असुली गर्ने लक्ष्य राखेकोमा २२ अर्ब ३१ करोड २६ लाख अर्थात् ८८.५ प्रतिशत मात्र असुली गर्न सकेको भन्सार कार्यालय नेपालगन्जले जनाएको हो । 

चालु आर्थिक वर्षको हालसम्म पनि हरेक महिनामा लक्ष्य भन्दा कम राजस्व सङ्कलन भइरहेको सो कार्यालयले जनाएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर