नेभिगेसन मेनु

क्याफे लाइब्रेरी क्रेज
सम्पादक:南亚网络电视
समय:2023-02-27 15:15

无标题

काठमाडौँ — कफीले टेबलबाट टुलुटुलु हेरिरहेको जस्तो लाग्थ्यो । औंलाहरू पुस्तकका पाना फर्काउन व्यग्र प्रतिक्षारत देखिन्थे । बाफ उड्दै गरेको कपी कति बेला चिसिएछ, निशाराज साहले पत्तै पाइनन् । जब किताबका पाना अन्तिमतिर पुग्न थाले । त्यसपछि उनले सम्झिन्, कफी चिसिएछ । 

तस्बिर : केशव थापा/कान्तिपुर

केही साताअघि टंगालस्थित बोधी बुक्स एन्ड बेक्समा बसेर पुस्तक पढ्दाको रमाइलो क्षण २५ वर्षीया निशाले भुलेकी छैनन् । शुक्रबार त्यहीं पुगेकी थिइन् उनी । र, हातमा एउटा पुस्तक देखाउँदै गफिन्थिन् । ‘लभ स्टोरी पढ्न रुचाउँछु,’ उनी सुनाउँदै थिइन्, ‘पढ्दापढ्दै कथामा डुबेको पत्तै हुँदैन ।’

लभ स्टोरी पढ्न मन पर्छ उनलाई । त्यसमा हल्का क्यापाचिनोको टेस्ट भए किताबका पाना पल्टिएको थाहै हुँदैन । त्यस्ता धेरै दिन निशाले कफी र किताबका पानासँगै बिताएकी छन् । एकै बसाइमा पूरै पाठ सकाएका दिन थुप्रै छन् । उनको यो आनन्दमय पढाइ कफी सपमा हुन्छ । जहाँ, बुक्सको बेग्लै संसार छ । उनी त्यस्तै क्याफे मन पराउँछिन् । बस्न, खान र पढ्न पाइने थलो उनको उपयुक्त गन्तव्य हो । टंगालस्थित बोधी बुक्स एन्ड बेकेजमा उनी निरन्तर रूपमा आउजाउ गर्न थालेकै डेढ वर्ष नाघिसक्यो । दिनभरिको जागिरको प्रेसर हल्का गर्न होस् या प्राइभेट टेन्सन मिनिमाइज गर्न ।

बोधी बुक्समा शुक्रबार भने २५ वर्षीया निशा आफ्नो फियोन्सेसँग आएकी थिइन् । ‘ऊ आएका बेला पुस्तक पढिँदैन,’ उनी रमाइलो मुडमा भन्छिन्, ‘लभस्टोरीको बारेमा कुराचाहिँ मज्जाले हुन्छ ।’ काठमाडौं जस्तो व्यस्त सहरमा शान्तले बस्ने स्पेसको कमी छ । हल्लाभन्दा पर भएर शान्तपूर्ण रूपमा अध्ययन गर्न क्याफेहरू आवश्यक रहेको ठान्छिन् उनी । त्यसमा पनि पढ्ने पाठकको मनोभाव बुझेर खोलिएका क्याफे बुक्सले उनी प्रभावित छिन् । ‘कहिलेकाहीं त पढ्दापढ्दै कति कप कफी पिइन्छ, पत्तै नै हुँदैन,’ उनी थप्छिन्, ‘म बुक र कफीको एडिक्ट नै हुँ । आफ्टर लन्च कफी खानैपर्छ ।’ इएल जेम्सको पुस्तक ‘फिप्टी सेड्स फ्रिड’ पढ्दा छोड्नै मन नलागेपछि निशाले क्याफेमा तीन घण्टा बेसी बिताएको सम्झन्छिन् । स्टोरी यस्तो गज्जबको थियो कि उनले क्याफेमै साँझ परेको पत्तो पाइनन् ।

निशाले जस्तै पछिल्लो समय क्याफेलाई पढ्ने र लेख्ने थलो बनाउने युवा पुस्ताको संख्या बढ्दो छ । साँघुरो सहरिया जीवनशैलीमा आत्तिएका पुस्ताले शान्ति खोज्दै क्याफे रोज्ने गरेका हुन् । तिनैमध्येकी अर्की पात्र हुन्, कोहिनुर भारती । ललितपुरको बाघडोल बस्ने ३३ वर्षीया कोहिनुर बुक लभर हुन् । उनलाई पुस्तकसँग यति लगाव छ कि घरको कामधन्दा सकाएर फुर्सद पाउनेबित्तिकै एकान्त ठाउँ खोजी गर्छिन् । उनको विचारमा एकान्त नै पढ्ने उपयुक्त वातावरण हो । साथीभाइ नभए पनि उनलाई रमाइलो गर्ने खासै चिन्ता छैन । आफूलाई मन पर्ने पुस्तकहरूको वरिपरि क्याफेमा कफीसँगै अध्ययन गर्न पाए उनमा उमंग यसै भरिन्छ । भन्छिन्, ‘पुस्तक नै मेरो साथी हो ।’ क्याफेमा जाँदा केही आफ्नै किताब झोलाभरि बोकेर पुग्छिन् । कफी डिमान्ड गरेपछि मात्रै पुस्तकका पाना पल्टाउँछिन् । हुन त स्वास्थ्यका हिसाबले कम खानुपर्ने भए पनि क्याफेमा कफी पिउँदै पुस्तक पढ्नुमा नै रस पसेको छ उनलाई । जाउलाखेलस्थित ‘हाइल्यान्ड विन्ज’ उनको पुस्तक र कफीसँग रमाउने स्थल हो । फुर्सदमा प्रायः उनी त्यहीँ भेटिन्छिन् ।

अंग्रेजी साहित्यमा स्नातकोत्तर गर्दै गरेकी शंखमूलकी आयरा थपलियाले यो वर्ष १२ वटा नयाँ पुस्तक किनेकी छन् । ती सबै पुस्तक शंखमूलस्थित उजिमा क्याफेको एउटा टेबलमा राखेकी हुन्छिन् । दिनभरि त्यहीँ पढेर बेलुका घर फर्किन्छिन् । ‘घरमा मान्छे आउँछन्, एकाग्रता हुँदैन,’ उनी भन्छिन्, ‘क्याफेमा बस्दा फ्रेस हुन्छु ।’ कहिलेकाहीं किताब पढ्दापढ्दै कफी चिसिएर अर्को माग्नुपरेको अनुभव छ उनको । अध्ययन गर्नका लागि लाइब्रेरी क्याफे उपयुक्त हुने उनको अनुभव छ ।

बोधी बुक्स एन्ड बेकेजका प्रमुख जगन्नाथ लामिछानेले पाठककै रुचिअनुसार क्याफेमा पाँच हजारभन्दा बढी पुस्तक राखेको बताउँछन् । फिक्सन, नन फिक्सन, बायोपिक, अर्थशास्त्र, राजनीतिकलगायत विभिन्न विषयमा पुस्तक क्याफेमै पाउन सकिन्छ । उनका अनुसार युवा पुस्ताले चाहेअनुसार पुस्तक छनोट गरेर पढ्छन् भने, बस्नका लागि शान्त वातावरण खोज्छन् । ‘हामी पढ्ने वातावरण दिने प्रयास गर्छौं,’ उनी भन्छन्, ‘साथै, खानपानमा पनि ख्याल गर्छौं ।’ पछिल्लो समय डिजिटलाइजेसनका कारण नयाँ पुस्तामा भने हार्डकपी पढ्ने प्रवृत्ति कम हुँदै गएको उनको अनुभव छ । त्यसका लागि वाईफाई इन्टरनेटको सुविधामा पनि जोड दिएको उनले बताए । ललितपुरको जाउलाखेलस्थित ‘क्याफे शोमा’ रेस्टुरेन्टका म्यानेजर लगन ताम्राकार पनि डिजिटल पुस्ताको रुचिअनुसार क्याफेको संरचना बनाउनुपर्ने बताउँछन् । ‘युवाहरू ट्याब्लेट र मोबाइल बोकेर आउँछन्,’ उनी भन्छन्, ‘पुस्तक हेर्ने घट्दै गए ।’ तर, क्याफेमा कफीको स्वाद चाख्ने युवाको भने कमी छैन ।

‘रिडर्स हब’ की बन्दना अर्यालले पढ्ने ग्राहकको स्वाद र बस्ने स्पेसमा ध्यान दिनु जरुरी ठान्छिन् । बिहानदेखि बेलुका ८ बजेसम्म पनि बसेर पढ्ने ग्राहक छन् । उनीहरूको सुविधाका लागि पुस्तक र कफी तथा चिया उनको सेवाको मुख्य स्रोत हो । ग्राहकको आकर्षण बढेकै कारण उनले कौशलटार, हात्तीवन र धापासीमा शाखासमेत खोलेकी छन् । ‘पढ्ने र विश्राम गर्ने कम्फर्ड जोन नै बनाएका छौं,’ उनी भन्छिन्, ‘घर जानुअघि दिनभरिको थकान मेट्न आउने पनि धेरै छन् ।’

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर