नेभिगेसन मेनु

'छक्का पन्जा ४' को गीतमा दुई रोचक कुरा
सम्पादक:南亚网络电视
समय:2023-02-01 12:33

chhaka panga darsan1675144433

दीपक र दीपाको फिल्म 'छक्का पन्जा ४' को 'दर्शन सलाम' बोलको पहिलो गीत सार्वजनिक गरिएको छ। गीत सार्वजनिक भएसँगै दर्शकले माया दिइरहेका छन्।

गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्युब ट्रेन्डिङको सात नम्बरमा प्रवेश गरेको छ। याे समाचार तयार पार्दा गीतले पाँच लाख ५७ हजारभन्दा बढी भ्युज पाएको छ। 

चुनावी माहोलमा खिचिएको गीतमा दुई रोचक कुरा देखिएको छ। 

एक अभिनेत्री स्वस्तिमा खड्काले बाबुछोरा (दीपक र राज) दुवैसँग रोमान्स गरेकी छन्। दीपकराज गिरी र राज आर्चाय हाँस्य टेलिशृंखला ‘तितो सत्य’ मा बाबुछोराको भूमिका देखिएका थिए। राज यसै फिल्मबाट ठूलो पर्दामा डेब्यू गर्दैछन्।

दोस्रो यस गीतमा ब्याकग्राउन्ड डान्सर सबै महिला छन्। हुन त अन्य फिल्मका गीतमा पनि ब्याकग्राउन्ड डान्सर महिला मात्र हुन्छन्। यस गीतमा रोचक कुरा के छ भने पुरूषको हुलियामा पनि महिला नै प्रस्तुत छन्। उनीहरूलाई दौरा सुरूवाल लगाएर गीतमा नृत्य गरिरहेको देख्न सकिन्छ। 

डेविड शंकर र सहिमा श्रेष्ठको स्वर रहेको गीतमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य सुश्मा निरौला, वेदना राईलगायत कलाकारको नृत्य छ। 

राजेन्द्र थापाको शब्द रहेको गीतमा दिपक शर्माले संगीत भरेका हुन् भने संगीत संयोजन उद्धयराज पौडेलले गरेका छन्।  

यो फिल्मलाई हेमराज विसीले निर्देशन गरेका हुन्। यसअघि ‘छक्का पन्जा’ सिरिजलाई दीपाश्री निरौलाले निर्देशन गर्दै आएकी थिइन्। 

नरेन्द्र मैनालीले छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन्। फिल्मको कथा दीपकराज गिरीले तयार पारेका हुन्। 

यो फिल्म फागुन १९ गतेदेखि प्रदर्शन हुँदैछ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर