नेभिगेसन मेनु

यी हुन् 'पठान' ले बनाएका १७ रेकर्ड
सम्पादक:南亚网络电视
समय:2023-02-02 13:46

pathan1671776026

बलिउड अभिनेता शाहरूख खान र दीपिका पादुकोण अभिनीत फिल्म 'पठान' ले बक्स अफिसमा नयाँ-नयाँ रेकर्ड बनाइरहेको छ।

यसले पहिलो दिनमै विश्वभरबाट १०६ करोड भारू कमाउँदै सर्वाधिक कमाउने हिन्दी फिल्मको रेकर्ड राखेको थियो।

हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले ७ दिनमा भारतबाट ३३० करोड भारू कमाएको छ भने विश्वभरबाट ६४१ करोड भारू कमाएको छ। 

सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्ममा शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहमसँगै सलमान खानको अतिथि भूमिका छ। यो फिल्ममार्फत शाहरूख खानले चार वर्षपछि कमब्याक गरेका हुन्।

शाहरूख भारतीय सैनिकको भूमिकामा देखिएका छन् भने दिपिका पाकिस्तानी गुप्तचर संस्था आइएसआईको एजेन्ट र जोन खलनायकको भूमिकामा छन्। निर्देशक आनन्दको कथा रहेको फिल्मको पटकथा श्रीधर राघवन र संवाद अब्बास टायरवालाले तयार पारेका हुन्।

यो फिल्मले भारतीय बक्स अफिसमा विभिन्न रेकर्ड बनाइरहेको छ। यी हुन् पठानले बनाएका १७ रेकर्ड:

 

१) भारतमा हालसम्म सर्वाधिक स्क्रिनमा रिलिज हुने पहिलो फिल्म

२) पहिलो दिन बक्सअफिसमा सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्म

३) सार्वजनिक विदा नपरेको दिन रिलिज हुँदा सर्वाधिक कमाइ गर्ने फिल्म

४) यशराज ब्यानरको सर्वाधिक कमाइ गर्ने फिल्म 

५) शाहरूख खानको पहिलो दिन सर्वाधिक कमाइ गर्ने फिल्म

६) दीपिका पादुकोणको पहिलो दिन सर्वाधिक कमाइ गर्ने फिल्म

७) जोन अब्राहमको पहिलो दिन सर्वाधिक कमाइ गर्ने फिल्म

८) निर्देशक सिद्धार्थ आनन्दको पहिलो दिन सर्वाधिक कमाइ गर्ने फिल्म

९) यशराज ब्यानरअन्तर्गत स्पाई युनिभर्सको सर्वाधिक कमाइ गर्ने फिल्म

१०) सन् २०१८ पछि पहिलो दिन ५० करोड भारूभन्दा बढी कमाइ गर्ने हिन्दी फिल्म

११) सप्ताहन्तमा सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्म 

१२) दुई दिनमा ७० करोड भारू कमाइ गर्ने पहिलो हिन्दी फिल्म

१३) भारतमा सबभन्दा छिटो १ सय करोड कमाउने हिन्दी फिल्म

१४) भारतमा सबभन्दा छिटो २ सय करोड कमाउने हिन्दी फिल्म

१५) भारतमा सबभन्दा छिटो २ सय ५० करोड कमाउने हिन्दी फिल्म

१६) भारतमा सबभन्दा छिटो तीन सय करोड कमाउने हिन्दी फिल्म

१७) भारतमा एक सातामै पाँच सय करोड कमाउने हिन्दी फिल्म (यसअघि बाहुबली-२ लाई पाँच सय करोड कमाउन दस दिन लागेको थियो)।

 
#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर