नेभिगेसन मेनु

छाडा चौपाया व्यवस्थापन गरिँदै
सम्पादक:南亚网络电视
समय:2023-02-22 16:26

Untitled-1

महेन्द्रनगर, फागुन १० गते । वेदकोट नगरपालिकामा पछिल्लो समय छाडा चौपायाको समस्या बढ्दै गएको छ । समस्या समाधानका लागि नगरपालिकाले आवश्यक प्रक्रिया अघिसमेत बढाएको छ । नगरप्रमुख भोजराज बोहराका अनुसार विगतमा निर्माण गरिएका संरचनालाई पुनर्निर्माण तथा नयाँ गौशाला निर्माण गरेर छाडा चौपाया व्यवस्थापन गरिने योजना छ । वडा नं. २ स्थित जडेपानीमा पुरानै गौशाला छ । त्यहाँ ६० छाडा चौपाया राखिएका छन् । 

किसानले बालीनालीमा छाडा चौपायाले नोक्सानी गर्न थालेको उजुरी गरेपछि नगरपालिकाले व्यवस्थापनको पहल थालेको हो । यहाँ करिब एक हजार छाडा चौपाया छन् । नगरप्रमुख बोहराका अनुसार छाडा चौपाया व्यवस्थापनका लागि वडा नं. ४ मा गौशाला निर्माण गर्ने प्रक्रिया अघि बढाइएको छ । छाडा चौपायाको व्यवस्थापनसँगै ग्यास प्लान्ट र प्राङ्गारिक मल उत्पादन गर्ने योजना रहेको छ ।

उहाँका अनुसार एक करोड रुपियाँ केन्द्र सरकार, ४० लाख रुपियाँ प्रदेश सरकार र २० लाख रुपियाँ नगरपालिकाको बजेटबाट वडा नं. ४ स्थित बालज्योति माविको १२ बिघा जमिन भाडामा लिएर संरचना निर्माणको कार्य अघि बढाइएको छ । उहाँले भन्नुभयो, “जग्गा भाडामा लिएर विस्तृत अध्ययनको काम भइरहेको छ । तीनवटै सरकारको सहकार्यमा संरचना निर्माणदेखि व्यवस्थापनको काम हुन्छ ।” 

नगरपालिकाले छाडा चौपायाको व्यवस्थापनसँगै युवालाई रोजगारीसँग जोड्ने योजनासमेत बनाएको छ । नगरप्रमुख बोहराका अनुसार एक सय बढीलाई रोजगारी दिने योजना छ । चार सय परिवारलाई ग्यास उपलब्ध गराउने तयारी छ । ग्यास प्लान्ट निर्माणका लागि नेपाल सरकारको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग समन्वय गरिएको नगरप्रमुख बोहराले बताउनुभयो ।

एक हजार गाईगोरुबाट करिब तीन सय परिवारलाई ग्यास दिन सकिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “छाडा चौपायालाई बोझका रूपमा हामी लिँदैनौँ । त्यसलाई अवसरका रूपमा लिएका छौँ ।” छाडा चौपाया व्यवस्थापनमा पछिल्लो छ वर्षमा एक करोडभन्दा बढी खर्च भइसकेको छ । 

गाई मारेका छैनौँ

नगरपालिकाले छाडा चौपायाको व्यवस्थापनको नाममा चौपाया मारेको आरोपसमेत लाग्ने गरेको छ तर आफूहरूले नियतवश चौपाया नमारेको नगरप्रमुख बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अस्थायी रूपमा एक हजार बढी चौपायाको व्यवस्थापन गरेका छौँ । त्यसमा केही बूढा गाईगोरु पनि छन् ।” उहाँका अनुसार त्यसमध्ये केही गाईगोरु मर्नु स्वाभाविक हो । आफैँ मरेकाको व्यवस्थापन गर्नु नै पर्छ । एक हजार बूढो गाईगोरुमा दिनहुँ दुई÷चार मरिहाल्छन् । सबैले चार÷पाँच वेत दूध खाएर छोडेका गाई खानाको कमीले भन्दा पनि बूढो भएर मरेका हुन् । 

नगरप्रमुख बोहराले भन्नुभयो, “हामीले अहिले आठ जना कर्मचारी राखेर गाईगोरुको स्याहार गर्ने संयन्त्र बनाएका छौँ । दैनिक २५ हजारको घाँस र पराल खरिद गर्ने गरिएको छ । खोरमा हालेर गाई मारेको भन्ने हल्ला निराधार हो । छाडा चौपायाको समस्या कञ्चनपुरभरि नै रहेको छ ।”

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर