नेभिगेसन मेनु

गाजियान्टेप छाड्दै नेपाली
सम्पादक:南亚网络电视
समय:2023-02-10 13:37

无标题

दक्षिणपूर्वी टर्कीको रेहानलीस्थित सिल्भेगोजु क्रसिङ पोइन्टबाट आफ्नो देश फर्किइरहेकाहरू र टर्कीमा गएका नेपालीको संख्या(बक्समा) ।

काठमाडौँ — टर्कीमा गएको विनाशकारी भूकम्पको केन्द्रबिन्दु गाजियान्टेपमा रहेकी झापाकी गुड्डु राई बुधबार साँझ मार्डिन सहर पुगेकी छन् । यो इराकको बोर्डरसँग जोडिएको सहर हो । राईसँग काभ्रेकी सुस्मिता भट्टराई र चितवनकी सुनाम शाह पनि छन् । उनीहरू गाजियान्टेपस्थित एक स्टोरमा काम गर्दै आएका थिए । 

राईले गाजियान्टेपभन्दा मार्डिन सुरक्षित स्थल रहेको बताइन् । ‘हामीलाई कम्पनीले आफ्नै गाडीमा हालेर मार्डिन ल्याइदिएको छ । यो सुरक्षित स्थानमा आइपुग्न ६ घण्टा लाग्यो । अहिले कुनै समस्या छैन । एउटा कोठामा नेपाली र इन्डोनेसियन गरी ७ जनालाई राखिएको छ,’ उनले भनिन्, ‘यहाँ आइपुगेपछि बल्ल ज्यान बाँचेको महसुस भएको छ । बाटो खुलेपछि इस्तानबुल जान्छौं ।’

उनीहरूलाई बितेको तीन रात भने सम्झँदै अत्यास लाग्छ । भूकम्प गएको बिहान उनीहरू आफ्नै होस्टलको नौ तलामा सुतिरहेका थिए । ‘म र इन्डोनेसियाको साथी एउटै कोठामा थियौं, एक्कासि ठूलो आवाज आयो । हामी बसेको भवन निकैबेरसम्म हल्लियो । हल्लाउन छोडेपछि बाहिर निस्कियौं । पानी र हिउँ परिरहेको थियो,’ उनले भनिन्, ‘झन्डै तीन सय मिटर टाढा मात्रै खुला पार्क थियो । ठूला भवनको बीच बाटोबाट भाग्दै गयौं ।’

उनीहरू बिहान नौ बजेसम्म पानीमै भिजेर बसेका थिए । ‘पार्कमा जोजो थिए, सबै आफ्ना गाडीभित्र थिए । हामी र होटलमा बस्न आएका पर्यटक मात्रै खुल्ला चउरमा हिउँपानीमा भिजेर बस्नुपर्‍यो,’ राईले भनिन्, ‘त्यो बेला मैले घरलाई निकै सम्झिएँ, देशलाई सम्झिएँ । बिहान ९ बजेतिर बोसले गाडी पठाइदिएपछि एउटा होटलमा लगेर राखियो ।’ तर, छिनछिनमा परकम्पले उनीहरूलाई शान्तसँग बस्न दिएन ।

उनीहरूका अनुसार पहुँच हुनेहरूले धमाधम गाजियान्टेप छाडिरहेका छन् । घरेलु कामदार भने आफ्ना मालिकसँगै बाहिर निस्किएका छन् । घरेलु काममा संलग्न काभ्रेकी रमिला लामा मालिकसँगै अर्को सहर अन्तालिया पुगेकी छन् । ‘हामी बस्ने घर ४२ तलाको थियो, २२ तलामा हामी बस्थौं । म काम गर्ने घरमा साना बच्चा पनि छन्,’ लामाले भनिन्, ‘मालिकहरू साथमा भएकाले गाजियान्टेप छोड्न समस्या भएन ।’

सिन्धुलीकी शर्मिला स्याङ्तानले आफूहरू अर्को ठाउँमा पुगेको बताइन् । बच्चा लिएर भाग्दा सिसाले बुढीऔंलामा चोट लागेको उनले बताइन् । ‘अहिले हामी सबै एकै ठाउँमा छौं,’ उनले भनिन्, ‘मालिकले चिन्ता लिनु पर्दैन भन्या छन् । बाटोहरू सबै खुलेपछि नेपाल फर्किने मन छ ।’ भूकम्प प्रभावित क्षेत्रमा कति नेपाली कार्यरत छन् भन्ने यकिन विवरण छैन । टर्कीस्थित गैरआवासीय नेपाली संघसँग सम्पर्क गर्नेको संख्या २८ पुगेको छ । जसमध्ये १४ जना विद्यार्थी छन् । वैदेशिक रोजगार विभागका अनुसार पछिल्लो ५ वर्षभित्र मात्रै ५ हजार ५ सय १६ जना गएका छन् । जसमा ३ हजार ४ सय ८८ जना पुरुष र २ हजार २८ जना महिला छन् । अधिकांश महिला घरेलु कामदार छन् । एनआरएन टर्कीका महाचिव विनोद पौडलका अनुसार धेरै नेपाली भूकम्प प्रभावित क्षेत्रभन्दा बाहिर छन् ।

गाजियान्टेप विश्वविद्यालयमा अध्ययनरत सिमरा बाराका १९ वर्षीय सकिल शेखले आफूहरूलाई पनि सहर छोडेर सुरक्षित स्थानतर्फ जान विश्वविद्यालयले अनुरोध गरिरहेको बताए । अहिले उनी म्युजियममा बसिरहेका छन् । छुट्टाछुट्टै सेल्टरमा पाल्पाकी मारिया शाह र नेपालगन्जका नूर बसेका छन् । ‘यहाँ भएका विद्यार्थीलाई चिनेजानेका कोही साथी वा आफन्त छ भने अरू सहरमा जाऊ भनिरहेको छ । साथी वा आफन्त भएकाहरू गइरेहका छन्,’ शेखले भने, ‘अरू सहरमा जान बस पाइरहेको छैन । सबै भरिएका छन् । मान्छेहरू सहयोगका अपेक्षा गरिरहेका छन् । मेरो त राहदानी पनि साथमा छैन ।’

गाजियान्टेपमै रहेकी भारती श्रेष्ठले आफूहरू चिसोबाट प्रभावित बनेको बताइन् । उनको समूहमा ५ नेपाली महिला छन् । ‘एकदमै चिसो छ । होस्टलबाट निस्किँदा जे लुगा लगाएको थियो, अहिले पनि त्यही छ,’ उनले भनिन्, ‘हिटिङ सिस्टम पूरै बन्द छ । अझै एक साता यसरी नै बस्नुपर्छ भनिरहेका छन् ।’ तलब आउने बेला समस्यामा परेको उनले सुनाइन् । ‘कम्पनीले अरू सहरमा सार्ने कुरा गरेको छैन, आफैं जाने कुरा भएन,’ उनले भनिन्, ‘साथमा पैसा नहुँदा खानेकुरा र कपडा किन्न सकिएको छैन ।’

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर