नेभिगेसन मेनु

ब्राजिलमा राष्ट्रपति भवन, सर्वाेच्च अदालत र संसद्मा पूर्वराष्ट्रपति समर्थकको आक्रमण
सम्पादक:南亚网络电视
समय:2023-01-12 13:41

Untitled-52023-01-10-07-42-17

ब्राजिलका चरम दक्षिणपन्थी पूर्वराष्ट्रपति जयर बोल्सोनारोका हजारौँ समर्थकले प्रहरी अवरोध तोडी ब्राजिलको संसद्, राष्ट्रपति भवन र सर्वोच्च अदालतमा प्रवेश गरेर आक्रमण गरेका छन् । ब्राजिलको झन्डामा रहेको चम्किलो पहेँलो र हरियो रंगको सर्ट लगाएका प्रदर्शनकारीको भिड राजधानी ब्रासिलियास्थित राज्यका तीन शक्तिशाली अंगमा जाइलागेका थिए । राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले यो ‘फासिस्ट’ आक्रमणको निन्दा गरेका छन् । स्तब्ध पार्ने यो घटनाले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले सन् २०२१ को ६ जनवरीमा अमेरिकी संसद् भवन क्यापिटल हिलमा गरेको हमलाकै झल्को दिएको छ । 

दक्षिणपूर्वी सहर अरारक्वारास्थित बाढी प्रभावित क्षेत्रको भ्रमणमा रहेका राष्ट्रपति लुलाले ब्रासिलियामा संघीय हस्तक्षेपको घोषणा गर्दै सरकारलाई राजधानीमा कानुन व्यवस्था पुनस्र्थापना गर्न विशेष अधिकार दिने एक आदेशमा हस्ताक्षर गरेका छन् । ‘फासिस्ट कट्टरपन्थीहरूले यो देशको इतिहासमा पहिले कहिल्यै नदेखिएको काम गरेका छन्,’ ब्राजिलको कटु विभाजनकारी अक्टोबरको चुनावमा बोल्सोनारोलाई हराएर एक हप्ताअघि पदभार सम्हालेका ७७ वर्षीय वामपन्थी नेता लुलाले भने । उनले पूर्वराष्ट्रपति बोल्सोनारोले सामाजिक मिडियामार्फत दंगामा उत्रिन उक्साएको आरोप लगाए । पूर्वराष्ट्रपतिका कैयौँ भाषणले यो अवस्थाका लागि बल दिएको उनको भनाइ छ ।

‘हामी यी तोडफोड गर्नेहरू को हुन् भनेर पत्ता लगाउँदै छौँ । उनीहरूलाई कानुनअनुसार कारबाही गरिनेछ,’ उनले थपे । प्रदर्शनकारीको एउटा जत्थाले आइतबार संसद् भवनको छतबाट सेनालाई ‘हस्तक्षेप’का लागि अपिलसहितको ब्यानर प्रदर्शन गरेको थियो ।

एउटा भिडियोमा दंगाकारीहरूले संसद् भवनको ढोका र झ्यालहरू तोडेर सामूहिक रूपमा भित्र पसेको, सांसदहरूको कार्यालय तोडफोड गरेको र सभामुखको डायसलाई प्रयोग गरेको देखिन्छ । अर्को एउटा भिडियोमा बाहिर भिडले एक प्रहरीलाई घोडाबाट तानेर भुइँमा खसालेको र कुटपिट गरेको देखिन्छ । दंगाकारीलाई तितरवितर गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेका थिए ।

ब्राजिलको झन्डामा रहेको चम्किलो पहेँलो र हरियो रंगको सर्ट लगाएका प्रदर्शनकारीको भिड राजधानी ब्रासिलियास्थित राज्यका तीन शक्तिशाली अंगमा जाइलागेका थिए

आक्रमणलाई पन्छाउन असफल भएपछि सुरक्षा बलहरूले घोडामा सवार दंगा प्रहरी प्रयोग गरी भिड तितरबितर पार्न हेलिकोप्टरबाट अश्रुग्यास प्रहार गरे । तर, अराजकताका दृश्यहरू साँझसम्म जारी थियो । आक्रमणमा कम्तीमा पाँच सञ्चारकर्मी घाइते भएको पत्रकारहरूको युनियनले जनाएको छ । प्रदर्शनकारीले एएफपीका फोटो पत्रकारलाई कुटेर उनको क्यामेरा लुटेका थिए ।

अक्टोबर ३० मा सम्पन्न निर्वाचनमा लुलाले बोल्सोनारोलाई झिनो मतान्तरले पराजित गरेपछि चरम दक्षिणपन्थी बोल्सोनारोका समर्थकहरूले लुलालाई शपथ लिनबाट रोक्न सैन्य हस्तक्षेपको आह्वान गर्दै ब्राजिलस्थित सेनाका आधार शिविर बाहिर प्रदर्शन गर्दै आएका छन् । यसअघि राष्ट्रपतिका रूपमा दुई कार्यकाल सेवा गरेका लुला सन् २०१७ मा भ्रष्टाचारमा दोषी ठहर भएपछि जेल परेका थिए ।

ब्राजिलमा लोकतन्त्रका संस्थाहरूमाथि अराजकतावादीहरूले गरेको आक्रमणलाई विभिन्न देश र अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेका छन । आफ्ना समर्थकले गरेको हमलाको स्वयं बोल्सोनारोले पनि निन्दा गरेका छन् । आक्रमणको अमेरिकी राष्ट्रपति जो बाइडेन, फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोँ, क्यानडाका प्रधानमन्त्री जस्टिन टु«डोले पनि निन्दा गरेका छन् । चीनले उक्त हमलालाई नजिकबाट नियालिरहेको र हिंस्रक हमलाको दृढतापूर्वक विरोध गर्ने चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनमिनले बताए ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले भने, ‘म ब्राजिलमा लोकतन्त्र र शक्तिको शान्तिपूर्ण हस्तान्तरणमा भएको आक्रमणको निन्दा गर्छु । ब्राजिलका लोकतान्त्रिक संस्थालाई हाम्रो पूर्ण समर्थन छ । ब्राजिलका जनताको इच्छालाई कमजोर पार्नुहुँदैन ।’

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर