नेभिगेसन मेनु

चीनको जनसंख्या सन् १९६१ पछि पहिलो पटक घट्यो
सम्पादक:南亚网络电视
समय:2023-01-18 15:40

China1673935520

काठमाडौँ । ६ दशकमा पहिलो पटक चीनको जनसंख्या गत वर्ष घटेको छ ।  

यो ऐतिहासिक मोडले जनसंख्या घटाउने लामो अवधिको सुरुवातको संकेत गर्ने सम्भावना छ । जसले चीनको अर्थतन्त्र र बाँकी विश्वमा महत्वपूर्ण प्रभाव पार्ने बेलायती समाचार संस्था रोयटर्सले जनाएको छ । 

उक्त गिरावट, सन् १९६१ पछिको सबैभन्दा बढी (चीनको ठूलो अनिकालको अन्तिम वर्ष) रहेको बताइएको छ । यससँगै भारत यो वर्ष विश्वको सबैभन्दा बढी जनसंख्या भएको राष्ट्र बन्ने भविष्यवाणी सावित हुन सक्छ । 

चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरोकाअनुसार सन् २०२२ को अन्त्यमा चीनको जनसंख्या झन्डै ८ लाख ५० हजारले घटेर १.४११७५ अर्बमा सीमित हुन पुगेको थियो । 

संयुक्त राष्ट्रसंघका विज्ञहरूले दीर्घकालीन रुपमा सन् २०५० सम्ममा चीनको जनसंख्या १०९ मिलियनले घट्ने अनुमान गरेका छन् । जुन सन् २०१९ मा उनीहरूको अघिल्लो प्रक्षेपणको गिरावटभन्दा तीन गुणा बढी हो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर