नेभिगेसन मेनु

तुलसी विवाहको पौराणिक कथा : यी हुन् तुलसी पूजन एवं विवाहका फाइदा
समय:2021-11-15 04:15

काठमाडौँ । हरेक वर्ष कार्तिक शुक्ल पक्षको एकादशीका दिन हिन्दूहरुले तुलसीको विवाह गर्ने गर्छन् । यो वर्ष तुलसी विवाह यही कात्तिक २९ गते सोमबार परेको छ । उक्त दिनलाई हरिबोधिनी एकादशी वा देवउठनी एकादशी समेत भनिन्छ ।

हरिशयनी एकादशीका दिन सुतेका भगवान् विष्णु (श्रीहरि) हरिबोधिनी एकादशीकै दिन उठ्ने विश्वास गरिन्छ । यससँगै अन्य देवताहरु समेत उठ्ने विश्वास गरिन्छ । यही दिन विष्णुप्रिया तुलसीको विवाह भगवान् विष्णुकै प्रतीक मानिने शालिग्राम शिला (ढुंगा) सँग गरिन्छ ।

 तुलसी विवाहको पौराणिक कथा

कार्तिक शुक्ल एकाशदीका दिन तुलसीको विवाह गर्ने प्रचलन कसरी चल्यो ? यस सन्दर्भमा एक पौराणिक कथा छ । किंवदन्ती अनुसार वृन्दा नाम गरेकी एक सद्गुणी स्त्री थिइन् । उनका पति जलन्धर क्रूर र भागवानविरोधी भएर त्रिलोधिपति बनेर बसेका थिए । वृन्दाको पवित्रताका कारण नै उनी अजेय र शक्तिशाली रहेको भनिन्थ्यो । उनलाई महादेवले पनि हराउन सकेनन् । त्यसपछि सबै देवताहरूको आदेशमा श्रीहरि (विष्णु)ले जालन्धरको रूप धारण गरी वृन्दाको पतिव्रत (सतीत्व) भंग गरिदिए ।

विष्णुले जाल गरेर आफ्नो पवित्रता भंग गरेको थाहा पाएपछि वृन्दाले आत्मदाह गरिन् । त्यसपछि उनको खरानीको राशमाथि एक वनस्पती बोट उम्रियो । तब भगवान् विष्णुले भन्नुभयो– आजदेखि उसको नाम तुलसी हो र मेरो एउटा रूप यही ढुङ्गाको रूपमा रहनेछ, जसलाई शालिग्रामको नामले जानिनेछ । र मेरो (शालिग्राम ढुंगा) को तुलसीजीसँगै पूजा गरिने छ, तुलसीबिनाको प्रसाद म ग्रहण गर्दिनँ ।

त्यसैबेलादेखि सबैले तुलसीको पूजा गर्न थालेको भनाइ छ । र, कात्तिक शुक्ल एकादशीका दिन तुलसीको विवाह शालिग्रामसँग गरिदिने परम्परा बस्यो ।

हरिबोधिनी एकादशीकै दिन किन विवाह ?

प्रचलित मान्यताअनुसार, करिब ४ महिना लामो योग निद्राबाट ब्यूँझिएपछि भगवान् विष्णु (श्री हरि)ले माता तुलसीको पुकार सबैभन्दा पहिले सुन्छन् ।

एक्त एकादशीमा भगवान् विष्णुसँगै सबै देवताहरुले पनि योग निद्रा त्यागेर ब्युँझन्छन् । उक्त दिन भगवान् विष्णुको पूजा गरिन्छ अनि त्यसपछि विष्णुरुप शालिग्रामसँग तुलसीको विवाह गरिन्छ । त्यही दिनदेखि नै हिन्दू संस्कारभित्र विवाह, मुण्डन, व्रतबन्धजस्ता मांगलिक कार्यहरु समेत गर्नु शुभ मानिन्छ । त्यसअगाडि र हरिशयनी एकादशीपछिका करिब ४ महिना विष्णु र देवताहरु सुत्ने भएकाले विवाह, व्रतबन्धजस्ता मांगलिक कार्य गरिँदैन ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर