नेभिगेसन मेनु

हिमालयकाे काठमाडौँ-बेजिङ्ग सीधा उडान पुनः सुचारु हुने
सम्पादक:南亚网络电视
समय:2023-01-06 12:22

काठमाडौँ । नेपाल र चीनको राजधानी जोड्ने सीधा हवाई सेवा पुनः सुरू हुने भएको छ । दुबै देशको लगानी रहेको हिमालय एअरलाइन्सले आगामी माघ ३ गतेदेखि काठमाडौँ-बेजिङ्ग रुटमा सीधा उडान सुचारु गर्न लागेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ९ः३० मा उड्ने जहाज बेजिङ्गस्थित तासिङ्ग अन्तर्राष्ट्रिय विमानस्थलमा अपराह्न ४ः१० मा पुग्नेछ । त्यसैगरी साँझ ५ः४० मा त्यहाँबाट उड्ने विमान राति ९ः१० मा काठमाडौँमा अवतरण गर्नेछ ।

सन् २०१९ को अक्टोबरमा सुरु भएको साे उडान कोरोना महामारीसँगै रोकिएको थियो । दुबैतर्फ आवागमन प्रक्रिया सहज भएसँगै नेपाली बजारले तीन वर्षदेखि प्रतिक्षा गरेको चिनियाँ पर्यटकको आगमन बढ्ने निश्चित छ । त्यसले दुबै देशको बीचको सांस्कृतिक र आर्थिक व्यापार प्रवर्द्धनमा सहयोग गर्ने हिमालय एअरलाइन्सकाे विश्वास छ ।

काराेनाका कारण चीनले तीन वर्षदेखि लगाउँदै आएकाे प्रतिबन्धका नियमहरू खारेज गर्दै जनवरी ८ तारिखका दिनदेखि लागू हुने गरी आवागमन प्रक्रिया सरल बनाएकाे छ । अब विदेशबाट जाने यात्रुहरुले चीनमा क्वारेन्टिन बस्नु पर्ने छैन ।

त्यसको साथै चीन पुगेपछि गरिँदै आएकाे काेराेनाकाे न्यूक्लिक एसिड टेस्टको व्यवस्था पनि खारेज गरिएको छ । चीनतर्फको उडान भर्नुअघि विदेशस्थित चिनियाँ राजदूताबास तथा अन्य नियोगबाट अनिवार्यरुपमा स्वास्थ्यसम्बन्धी क्यूआर कोड लिनुपर्ने नियम पनि हटाइएको छ । चिनियाँ नागरिकलाई पनि सोही दिनदेखि विदेश भ्रमणका लागि खुल्ला गरिएको छ ।

महामारीपछि हाल हिमालयले काठमाडौँबाट खुनमिङ्ग (कुनमिङ) मा हप्तामा दुई उडान तथा एअर चाइनाले छन्तु (छेन्दु)मा र चाइना साउदर्न एअरलाइन्सले क्वाङ्चाै (ग्वान्झाउ)मा हप्तामा एक/एक उडान गर्दै आइरहेका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर