नेभिगेसन मेनु

विश्वचर्चित हलिउड तथा चिनियाँ अभिनेता जेट ली नयाँवर्ष मनाउन काठमाडौंमा
सम्पादक:南亚网络电视
समय:2023-01-01 12:59

jet_li-home

काठमाडौं । विश्वचर्चित हलिउड तथा चिनियाँ अभिनेता जेट ली नेपाल भ्रमणमा आइपुगेका छन् । क्रिसमस बिदामा पत्नीसहित उनी काठमाडौं आइपुगेका हुन् ।

उनले ६ दिनसम्म योङ्गे मिङ्गयुर रिन्पोछेसेसँग बौद्ध दर्शनबारे कक्षा लिएको जनाएका छन् । उनले यसपटकको क्रिसमस बिदालाई आफ्नो जीवनको विशेष बिदाको रुपमा लिएका छन् ।

उनी लेख्छन्, ‘यो मेरो जीवनको सबैभन्दा विशेष क्रिसमस सातामध्ये एक थियो। म र मेरो परिवारले नेपालमा योङ्गे मिङ्गयुर रिन्पोछेसँग छ दिन अध्ययन गर्यौं। हामीलाई अद्भुत शिक्षा दिनको लागि यो छुट्टीमा समय बिताएकोमा म रिन्पोछेको धेरै प्रशंसा गर्छु। हाम्रा धेरै महान् गुरुहरूलाई देख्न र पवित्र स्थानहरूको भ्रमण गर्न पाउँदा हामीले भाग्यशाली महसुस गर्‍यौं ।’

अभिनेता ली अहिले पनि नेपालमै छन् । उनी चिनियाँ फिल्म अभिनेता, निर्माता, मार्शल आर्ट्सका कलाकार र सेवानिवृत्त उसु च्याम्पियन हुन्। सन् १९८२ को चिनियाँ फिल्म ‘साओलिन टेम्पल’बाट उनले अभिनयमा डेब्यु गरेका थिए ।

सन् २००० को फिल्म ‘रोमियो मस्ट डाइ’ उनको पहिलो हलिउड प्रोजेक्ट थियो । उनले ‘द वन’ ९२००१० र ‘वार’ ९२००७० मा जेसन स्ट्याथमसँग, ‘द फोर्बिडन किंगडम’ ९२००८० मा ज्याकी च्यानसँग, सिल्भेस्टर स्टेलोनसँग तीनवटै ‘द एक्सपेन्डेबल्स’ फिल्महरू र ‘द ममीः टम्ब’मा चरित्र खलनायकको रूपमा सह(अभिनय गरेका थिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर