नेभिगेसन मेनु

तत्कालीन गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको दौरान अठारौँ शताब्दीमा कीर्तिपुरमा गरेको आक्रमण विषयवस्तुमा बनाइएको ऐतिहासिक नेपाली चलचित्र ‘कीर्तिपुर: द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ को बिहीबार
सम्पादक:南亚网络电视
समय:2022-12-23 18:09

1671714787_film dekhaunne-1200x560

तत्कालीन गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको दौरान अठारौँ शताब्दीमा कीर्तिपुरमा गरेको आक्रमण विषयवस्तुमा बनाइएको ऐतिहासिक नेपाली चलचित्र ‘कीर्तिपुर: द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ को बिहीबार भक्तपुरमा प्रदर्शन गरिएको छ। प्रदीप खड्गीले निर्देशन गरेको यो चलचित्र भक्तपुरस्थित ख्व्प कलेजको कार्यक्रम हलमा देखाइएको हो।

फोकस पिक्चर्सको ब्यानरमा निर्माण गरिएको यो चलचित्र कलेजमा व्यवस्थापन सङ्काय अन्तर्गत सामाजिक विषय लिई अध्ययनरत विद्यार्थीका लागि देखाइएको हो। सामाजिक विषय अध्ययन गर्ने विद्यार्थीको ज्ञानको दायरालाई फराकिलो बनाउन सहयोग गर्ने उद्देश्यका साथ चलचित्र देखाइएको कलेजले जनाएको छ। पढाईका साथसाथै विभिन्न अतिरिक्त क्रियाकलापबाट विद्यार्थीलाई थप ज्ञान दिन चलचित्र देखाइएको जनाएको छ। रहस्यको गर्भमा रहेको कीर्तिपुर आक्रमण घटनालाई चलचित्र बनाइएको थियो।

साहित्यकार बासु पासाद्वारा लिखित ‘भैरवसिंह’ नामक उपन्यासमा आधारित चलचित्र ‘कीर्तिपुर’ मा विगत ८ वर्ष देखिको अध्ययन र सम्बन्धित व्यक्तित्वसँगको समन्वयमा निर्माण गरिएको चलचित्र हो।

तत्कालीन अवस्थाको पुरानै शैली यो चलचित्रमा प्रस्तुत गर्ने काम विदेशी अंग्रेजी चलचित्रमा आबद्ध भएर काम गर्दै आएका भीएफएक्स सुपरभाइजर सन्तोष केसीले गरेका थिए। चलचित्रको मुख्य भूमिकामा हिसिला महर्जन, यशराज गराच, मदनदास श्रेष्ठ, सुशील राजोपाध्याय, लक्ष्मी गिरी, सूरवीर पण्डित आदि कलाकारहरू छन्।

चलचित्रमा वीरेन्द्र ताम्राकार कार्यकारी निर्माता, प्रेम खड्गी तथा अनन्त श्रेष्ठ निर्माता हुन्। शंकर महर्जन र नवीन जोशीले चलचित्रको छायाङ्कन गरेका थिए। राजा पृथ्वीनारायण शाहको नेपाल एकीकरणका क्रममा भएका घटनाक्रमलाई प्रभावशाली ढंगले चित्रण गरिएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर