नेभिगेसन मेनु

‘अ‍ैंचो पैंचो’बाट निर्देशनमा देखिँदै कृषा
सम्पादक:南亚网络电视
समय:2023-01-09 12:44

barsha_TJhBqdv2RQ

काठमाडौंँ । फिल्म निर्माता कृषा चौलागाई निर्देशनमा फड्को मार्ने भएकी छन् । फिल्म ‘अ‍ैंचो पैंचो’ मार्फत उनी निर्देशनमा डेब्यु गर्न लागेकी हुन् ।

सोसल पोलिटिकल ड्रामामा निर्माण हुने ‘अ‍ैंचो पैंचो’ मा ‘बुलबुल’ जोडी स्वस्तिमा खड्का र मुकुन भुषाल मुख्य भूमिकामा रहनेछन् । फिल्ममा वर्षा राउत ९कोइराला०, विशाल पहारी, कोशिष क्षेत्री, सुशिल सिटौला र शारदा गिरीको समेत अभिनय रहनेछ ।

माघको अन्तिम साताबाट छायांकन सुरु हुने फिल्मको अहिले वर्कसप तयारी भइरहेको छ । काभ्रेको पनौतीका विभिन्न गाउँमा छायांकन हुने फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् ।

केपी फिल्मुस्को ब्यानरमा निर्माण हुने फिल्मको प्रोजेक्ट हेडमा प्रणव सुवेदी रहेका छन् । कृषाले ‘इन्साफ’, ‘कसम हजुरको’, ‘के म तिम्रो साथी बन्न सक्छु’ र ‘पलाँस’ फिल्म निर्माण गरेकी थिइन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर