नेभिगेसन मेनु

संस्कृतिक संस्थानमा झल्कियो विविध लोकनृत्य
सम्पादक:南亚网络电视
समय:2023-01-12 13:52

ekata-diwash-3

काठमाडौं । अहिलेको नेपाल हुनुमा पृथ्वीनारायण शाहको मुख्य देन रहेको विभिन्न व्यक्तिहरूले बताएका छन् । बिहीबार सांस्कृतिक संस्थानमा आयोजित पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको आयोजित सांस्कृतिक कार्यक्रममा बक्ताले यस्तो भनाइ राखेका हुन् ।

३०१औं पृथ्वी जयन्तीको अवसरमा संस्थानको मिनी हलमा बुधबार आयोजित शुभकामना तथा सांस्कृतिक कार्यक्रममा संस्थानका कलाकारले विभिन्न नृत्य तथा गीतसंगीत प्रस्तुत गरे ।

संस्थानका गायक विपीन घिमिरेले राष्ट्रिय भावको शिरको टोपी सगरमाथा गीत प्रस्तुत गरे । उनको सो गीतमा अतिथिले तालीले साथ दिए । कार्यक्रममा संस्थानका कलाकारले विभिन्न गीतहरू सामूहिक स्वरमा प्रस्तुत गरे ।

संस्थानका कलाकार दीपेन्द्र बज्राचार्य, दुर्गा परियार, तीर्थराज पोखरेल, शीला विष्टलगायतले सुनका बाला…, यही हो नेपाल…, डर छैन देशका लागि…, तान चलाउनु… जस्ता राष्ट्रिय भावका गीतहरू सुनाए । कार्यक्रमका प्रमुख अतिथि पूर्वसंस्कृति मन्त्री तथा सांसद योगशकुमार भट्टराईले उनीहरूको गायनमा निरन्तर ताली बजाए ।

संस्थानका कलाकार नरसिंहलाल श्रेष्ठ, अनुप दास, तेजु श्रेष्ठ, नरेश प्रजापति र सीता मैया राजचलले कार्यक्रममा प्रत्यक्ष बाद्यवादन प्रस्तुत गरेका थिए । उनीहरूले विविध धुन पस्केर कार्यक्रमलाई संगीतमय बनाए ।

एकता दिवसको अर्को विशेषता विविध लोकनृत्य रह्यो । संस्थानका कलाकारले मुलुकका विभिन्न जातजातिका नृत्यहरू प्रस्तुत गरे । उनीहरूले ट्याकुरी, छलिया, सोरठी, साकेला, धिमे, झाँगड, सखियाजस्ता मौलिक नृत्य पस्किए । यी नृत्यको संयोजन शारदा सिलवाल र केशवराज राईले गरेका थिए ।

कलाकारहरू मनोज जोशी, मदन थापा, सनम खड्गी, रेखा श्रेष्ठ, सवनम सिलवाल, माया थापा, सुशीला थापा, गीता थापा, विना विक, सुरभी मगर, नवीन गुरुङ, मनिष कार्की, सिद्धार्थ सिलवाल, अक्कलबहादुर, पाख्रिन, सुमिना मगर, बाबु सेन्चुरी, केशरबहादुर पुर्जालगायतले लोकनृत्य प्रस्तुत गरेर दर्शकको मन जिते ।

सो कार्यक्रममा बोल्दै संस्थानका निवर्तमान अध्यक्ष प्रेमकुमार अधिकारीले पृथ्वीनारायण शाहलाई राजाका रूपमा नहेरेर राष्ट्रिय एकीकरणको नायकका रूपमा हेर्नुपर्ने बताए ।

सो कार्यक्रममा संस्थानका महाप्रबन्धक अशोककुमार राईले मुलुकको पर्यटन विकासमा संस्कृति र प्रकृतिको महत्वपूर्ण योगदान रहने बताए । ‘हाम्रो लोकसंस्कृतिका कारण संसारमा हामी चिनिएका छौं’, महाप्रबन्धक राईले भने, ‘हाम्रो मौलिक पहिचानको संरक्षणका लागि पनि राज्यले लोकसंस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्न जरुरी छ ।’

कार्यक्रममा पूर्वसंस्कृतिमन्त्री तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले नेपालको एकीकरण र अस्तित्वमा पृथ्वीनारायण शाहको ठूलो योगदान रहेको बताए । ‘हामीले पृथ्वीनारायण शाहलाई कुनै राजा महाराजाका रूपमा होइन, देश निर्माण गर्ने अभियन्ता र सांस्कृतिक एकताका सुत्रधारका रूपमा पुष २७ लाई एकता दिवसका रूपमा मनाएका हौं’, पूर्वमन्त्री भट्टराईले भने, ‘आजको नेपालको अस्तित्व कायम हुनुमा पृथ्वीनारायण शाहको ठूलो देन छ ।’ कार्यक्रममा पूर्वमन्त्री भट्टराईले सांस्कृतिक संस्थानको पछिल्लो कार्यको प्रसंशा गर्दै सांस्कृतिक चेतना अब नयाँ पुस्तामा पु¥याउन जरुरी रहेको पनि बताए ।

कार्यक्रममा सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्य, नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान सदस्य सचिव जगत्प्रसाद उपाध्याय, संस्कृति मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछानेलगायतले नेपालको एकीकरणमा पृथ्वीनारायणको योगदान’bout आफ्नो भनाइ राखे ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर