नेभिगेसन मेनु

गोदावरीमा १२ वर्षे कुम्भ मेलाका लागि पाँच सय एक सदस्यीय मूल समारोह समिति गठन
समय:2026-11-26 12:29

godawari-kumb-mela-photo

 ललितपुरको गोदावरी कुण्डमा लाग्ने १२ वर्षे कुम्भ मेलाको तयारीको लागि मूूल समारोह समिति गठन गरिएको छ ।

गोदावरी नगरपालिकामा बुुधबार सम्पन्न सरोकारवालाहरूसहितको सर्वपक्षीय बैठकले ५०१ सदस्यीय मूल समारोह समिति गठन गरेको हो ।  उक्त कुम्भ मेला वि.संं.२०८४ भदौ महिनामा लाग्नेछ । 

बैठकले गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनको संयोजकत्वमा २१ सदस्यीय कार्यसमिति समेत गठन गरिएको छ । 

उक्त कार्यसमितिको सहसंयोजक नगर उपप्रमुख मुना अधिकारी, सदस्यहरुमा गोदावरी नगरपालिका वडा नंं.१ का वडाध्यक्ष श्रीराज थापा, २ का  वडाध्यक्ष मनोहर सिल्वाल, ३ का राज घिमिरे, वडा नंं.४ का सानुभाइ नगरकोटी , वडा नं १३ का भाष्कर थापा र वडा नं. १४ वडाध्यक्ष निरोज बज्राचार्य रहेका छन् । 

त्यस्तै, ललितपुर महानगरपालिका वडा नंं २८ का वडाध्यक्ष वीरेन्द्र महर्जन र वडा नंं.२९ का वडाध्यक्ष गणेश महर्जन कार्यसमितिको सदस्यमा रहनुु भएको छ ।

समितिमा रेडक्रस, स्काउट, पत्रकार, सङ्घसंस्था, पुजारी, स्थानीय विद्यालय, उपसमितिका संयोजकहरु चयन गरिएको गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिनुुभयो ।

मेला सम्पन्न गर्नका लागि भौतिक, पूर्वाधार निर्माण समिति, सामाजिक सङ्घसंस्था समिति र धार्मिक समिति समेत गठन गरिएको छ । 

प्रमुख महर्जनले भौतिक पूर्वाधारको क्षेत्रमा धेरै काम गनुपर्ने भन्दे सडकको स्तरोन्नतिदेखि विस्तारसम्मको काम गर्न सङ्घ र प्रदेशसँग समितिले आवश्यक समन्वय गर्ने बताउनुुभयो । 

उहाँका अनुसार मेला भर्ना आउने लाखौँ भक्तजन र दर्शनार्थीका कारण सडकमा चाप अत्यधिक हुने गरेको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी