नेभिगेसन मेनु

सोलुखुम्बुमा पाँच अर्ब ६० करोडको जापानी लगानीमा पानी प्रशोधन स्थापना
समय:2026-11-25 15:58

water-project2

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा जापानी लगानीमा पानी प्रशोधन उद्योग स्थापना हुने भएको छ । पाँच अर्ब ६० करोड रुपियाँको लगानीमा स्थापना हुन लागेको उद्योगको नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले शिलान्यास गर्नुभएको छ ।

नगरपालिकाको वडा नं. ८ र ११ को सिमानामा पर्ने बनभाडेमा हिमालयन एभरेष्ट वाटर प्रालिमार्फत उद्योग स्थापना हुन लागेको हो । उद्योगले वार्षिक १० करोड ८० लाख लिटर पानी प्रशोधन गरी अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने लक्ष्य राखेको छ ।

उद्योगको शिलान्यास गर्दै नगरप्रमुख शेर्पाले यसलाई नगरपालिकाका लागि ऐतिहासिक उपलब्धि बताउनुभयो । उद्योग सञ्चालनमा आएपछि नगरपालिकाले वार्षिक १० करोड ८० लाख रुपियाँ राजस्व प्राप्त गर्ने उहाँले जानकारी दिनुभयो ।

उद्योगले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रम सञ्चालन, वातावरण संरक्षण र पानीका स्रोतको दिगो व्यवस्थापनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

उक्त आयोजनाबाट स्थानीय तहले राजस्व प्राप्त गर्नुका साथै नेपाल सरकारले प्रचलित कानुनअनुसार मूल्य अभिवृद्धि कर (भ्याट) र रोयल्टीसमेत प्राप्त गर्ने नगरप्रमुख शेर्पाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “एउटै आयोजनाबाट नगरपालिकाले वार्षिक झन्डै ११ करोड रुपियाँ राजस्व प्राप्त गर्नु नगरको आर्थिक समृद्धि र आत्मनिर्भरताका दृष्टिले महत्वपूर्ण उपलब्धि हो । यसले नगरपालिकाको आन्तरिक आम्दानी वृद्धि गर्नुका साथै विकास निर्माणका लागि थप आर्थिक आधार तयार गर्ने छ ।”

नगरप्रमुख शेर्पाले यस आयोजनालाई उद्योग स्थापनामा मात्र सीमित नराखी सोलुदुधकुण्ड नगरपालिकाको आर्थिक समृद्धि, रोजगारी सिर्जना र आत्मनिर्भरताको महत्वपूर्ण आधारका रूपमा लिइएको बताउनुभयो ।

उद्योग सञ्चालनमा आएपछि स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नुका साथै नगरपालिकाको आर्थिक विकासमा नयाँ सम्भावना खुल्ने अपेक्षा गरिएको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी