नेभिगेसन मेनु

प्रमुख अर्थतन्त्रद्वारा प्रस्तावित अमेरिकी नयाँ करप्रति आपत्ति
समय:2026-11-26 14:27

us

 वाशिङ्टनले कथित अतिरिक्त उत्पादनबारे महिनौँ लामो अनुसन्धान सकेपछि चीनदेखि युरोपेली सङ्घसम्मका प्रमुख अर्थतन्त्रले प्रस्तावित नयाँ अमेरिकी करप्रति आपत्ति जनाएका छन् ।

यसले अमेरिकाका सहयोगी र विरोधी दुवै राष्ट्रसँगको व्यापारिक तनाव नयाँ चरणमा पुग्न सक्ने सङ्केत दिएको छ । 

सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पका अघिल्ला कर रद्द गरेको केही दिनपछि सुरु भएको अनुसन्धानपछि नयाँ शुल्क प्रस्ताव गरिएको हो  र करको दायरा थप २० प्रतिशतसम्म बढ्न सक्छन् । यी शुल्कहरू जनवरीदेखि लागू हुन सक्ने गरी सार्वजनिक टिप्पणीको अवधिबाट गुज्रनुपर्नेछ । यी शुल्कहरूले संयुक्त राज्य अमेरिकाका केही ठूला व्यापारिक साझेदारहरूलाई लक्षित गरेका छन् ।

चीन, युरोपेली सङ्घ, भारत, बङ्गलादेश, कम्बोडिया, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, मलेसिया, सिङ्गापुर, स्विट्जरल्याण्ड, ताइवान, थाइल्याण्ड र भियतनाम यसमा परेका छन्। जापानजस्ता केही देशहरूले अतिरिक्त उत्पादन भएको अस्वीकार गरेका छन् । 

“जापानसँग कुनै गैर–बजार नीति अभ्यास वा संरचनात्मक अतिरिक्त उत्पादन क्षमता छैन तर यसका बाबजुद जापानलाई लक्षित गरी प्रस्ताव गरिएको उपाय घोषणा गरिएकोमा खेद व्यक्त गर्दछौं,” जापानका प्रमुख सरकारी प्रवक्ता मिनोरु किहाराले भन्नुभयो । नाम उल्लेख नगर्ने सर्तमा बोल्दै एक वरिष्ठ अमेरिकी अधिकारीले भन्नुभयो, “प्रस्तावहरूले विद्यमान व्यापार सम्झौताहरूलाई ध्यानमा राख्ने प्रयास गरेका छन् ।चीन २० प्रतिशत ट्यारिफको सामना गर्नेमध्ये एक हो। तर अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीयरले नयाँ शुल्कहरू बेइजिङसँग भइरहेका व्यापार वार्ताको सीमाभित्रै रहेको बताए। 

“हामीबीच केही अवस्थामा करवृद्धि हुनेछ भन्ने चीनले बुझ्छ । यो त्यही समझदारीभित्र पर्छ,” उहाँले अमेरिकी प्रसारक सीएनबीसीसँग भन्नुधयो । 

वाशिङ्टनले चीनलाई करिब ३० अर्ब डलरको वस्तुमा छुट दिइरहेको पनि उहाँले बताउनुभयो । 

‘वास्तविक चिन्ता’ युरोपेली सङ्घले नयाँ करको आधार नै अस्वीकार गरेको छ र संयुक्त राज्य अमेरिकाले गत वर्ष भएको सम्झौता पालना गर्ने अपेक्षा गरेको छ। 

“युरोपेली सङ्घ र अमेरिका दुवैलाई विश्वव्यापी अतिरिक्त क्षमताबारे वास्तविक चिन्ता छ, जसमध्ये धेरै राज्य–सञ्चालित र तेस्रो देशहरूमा केन्द्रित छ । संयुक्त कदम नचलेकोमा हामीलाई खेद छ,” युरोपेली आयोगका प्रवक्ता ओलोफ गिलले भन्नुभयो । 

चीनको विदेश मन्त्रालयले नयाँ शुल्कहरू आधिकारिक रूपमा घोषणा हुनुअघि नै प्रतिक्रिया दिँदै वाशिङ्टनलाई ‘कर युद्ध र व्यापार युद्ध’ मा नलाग्न चेतावनी दिएको थियो । सिङ्गापुरले बिहीबार यी प्रस्तावहरूप्रति ‘धेरै निराश’ रहेको बताउँदै आफूले घरेलु बजार संरक्षण वा उत्पादनमा अनुदान नदिएको भन्ने कुरालाई अस्वीकार ग¥यो । नयाँ प्रस्तावित कर नीति अनुसार भियतनामले पनि २० प्रतिशत करको सामना गर्नुपर्नेछ । कम्बोडिया र इन्डोनेसियालाई १८ प्रतिशत तथा भारतलाई १७ प्रतिशत तोकिएको अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले जनाएको छ । 

युरोपेली सङ्घ, दक्षिण कोरिया र ताइवानसँग अमेरिकाको व्यापार सम्झौता भएकाले उनीहरूमाथिको नयाँ कर १५ प्रतिशतमा सीमित हुनेछ । 

एक अर्को घोषणामा अमेरिकी व्यापार प्रतिनिधि कार्यालयले ब्राजिलबाट आउने वस्तुहरू, विशेष गरी विमानमा अतिरिक्त कर प्रस्ताव गरेको छ । 

वासिङ्टनले अमेरिकी व्यापार चिन्ताहरू सम्बोधन नगर्दा यो कदम चालेको बताइएको छ । ब्राजिलका राष्ट्रपतिको कार्यालयले यी उपायहरूलाई ‘अस्वीकार्य’ भन्दै ब्रासिलिया यस्ता चेतावनीसामु झुक्ने छैन भनेको छ । अमेरिकी ट्रम्प प्रशासनका करहरूले वाशिङ्टनका मित्र र विरोधी दुवैलाई लक्षित गरेका छन् । यो राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालमा विश्वव्यापी व्यापारलाई पुनःआकार दिन गरिएको प्रयासको हिस्सा हो, जसमा देशहरूलाई अमेरिकी उत्पादन किन्न वा आफ्ना वस्तुहरू अमेरिकाभित्रै उत्पादन गर्न बाध्य पार्ने लक्ष्य राखिएको छ । अतिरिक्त क्षमतासम्बन्धी चिन्ताहरू ब्याट्रीदेखि सिमेन्ट, रसायन र प्रशोधित खानासम्मका विभिन्न क्षेत्रहरूमा फैलिएको वरिष्ठ अमेरिकी अधिकारीहरूले बताएका छन् । 

राष्ट्रलाई ‘खोक्रो बनाउने’ यी शुल्कहरूले पहिलेका करबाट पहिले नै दबाबमा रहेका अमेरिकी व्यवसायहरूमा थप दबाब सिर्जना गर्न सक्छन् ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी