नेभिगेसन मेनु

हावाहुरीले छाना उडाएपछि विद्यालयको पठनपाठन प्रभावित
समय:2026-11-24 13:33

gorkha-(1)

 जिल्लाको धार्चे गाउँपालिका–५ सिङ्लामा रहेको सिंहदेवी आधारभूत विद्यालयको छाना बेमौसमी हावाहुरीले उडाएको छ । मंगलबार बिहान आएको ठुलो हावाहुरीले विद्यालयको छाना उडाएर क्षति पु¥याएको विद्यालयका प्रधानाध्यापक लालीगुरास नेपालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहान करिब २ बजेतिर अचानक आएको हावाहुरीले विद्यालयको जस्तापाताको छाना उडाएको हो । हावाहुरीले विद्यालयको ६ कोठे भवनको छानासँगै कच्ची अवस्थामा रहेको अर्को भवनको छानासमेत उडाएको प्रधानाध्यापक नेपालीको भनाइ छ ।

“अहिले हावाहुरीको मौसम पनि होइन, यस्तो यसअघि कहिल्यै भएको थिएन,“ उहाँले भन्नुभयो, “ठुलो हावाहुरीसँगै जङ्गलका पातपतिङ्गर विद्यालय परिसरमा थुप्रिएका छन् ।’’ हावाहुरीले विद्यालयमा क्षति पुगेपछि पठनपाठन सञ्चालन गर्न सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।

अहिले मौसम सफा भएर घाम लागे पनि हावा भने अझै नरोकिएको प्रधानाध्यापक नेपालीको भनाइ छ । छाना हावाहुरीले उडाएपछि कक्षाकोठा जोखिमपूर्ण बनेकाले विद्यालयको पठनपाठन रोकिएको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी