नेभिगेसन मेनु

दसौँ राष्ट्रिय खेलकुद: सुदूरपश्चिमलाई सात विकेटले हराउँदै बागमती विजयी
समय:2026-11-25 17:51

9edee11b-1248-4a36-9bca-112c85f19a22

दसौँ राष्ट्रिय खेलकुदअन्तर्गत बुधबार महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेशलाई सात विकेटले पराजित गर्दै बागमती प्रदेशले विजयी सुरुवात गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११२ रन बनाएको थियो । सुदूरपश्चिमका लागि ओपनर मनिषा बोहराले सर्वाधिक ३० रन बनाउनुभयो । अनु कडायतले १५ बलमा एक चौका र एक छक्काको मद्दतमा अविजित २३ रन बनाउनुभयो । कप्तान ऋतु कनौजियाले १४ बलमा अविजित १५ तथा स्नेहा महराले २२ रनको योगदान दिनुभयो ।

अन्य ब्याटरमध्ये ममता बोहराले दुई तथा रविना बोहरा, यामु पाण्डे र ममता चन्दले एक–एक रन बनाउनुभयो । मनिषा बोहरा र स्नेहा महरा रनआउट हुनुभयो ।

बागमतीका लागि कप्तान अस्मिना कर्माचार्यले तीन विकेट लिनुभयो । संस्कृति फुयाँल र लक्ष्मीमाया रुम्बा लामाले एक–एक विकेट लिनुभयो ।

११३ रनको लक्ष्य पछ्याएको बागमतीले १८ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । बागमतीका लागि ओपनर हेलिषा गुरुङले ५१ बलमा छ चौकासहित अविजित ५५ रनको महत्त्वपूर्ण पारी खेल्नुभयो । लक्ष्मीमाया रुम्बा लामाले २०, कामना श्रेष्ठले १३ र विपिसा शाहीले १० रन बनाउनुभयो । सेविका कुमारी यादवले तीन रन जोड्नुभयो ।

सुदूरपश्चिमका लागि अनु कडायत र स्नेहा महराले एक–एक विकेट लिनुभयो । अविजित ५५ रन बनाउनुभएकी बागमतीकी हेलिषा गुरुङ प्लेयर अफ द म्याच घोषित हुनुभयो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी