नेभिगेसन मेनु

१०औं राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा आर्मीको विजयी सुरुवात
समय:2026-11-25 17:41

army-vs-lumbini-1024x576

१०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलतर्फ त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ ।

बुधबारको भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ३-० गोलले पराजित गर्दै विजयी सुरुवात गरेको हो । 

खेलको पहिलो हाफमा दुई गोल गरेको आर्मीले दोस्रो हाफमा आत्मघाती गोल उपहार पाएको थियो । त्रिभुवन आर्मीका लागि २३औं मिनेटमा जर्सी नं २१ का भरत खवासले पहिलो गोल गरेका थिए भने दोस्रो गोल जर्सी नं १० का लाकेन लिम्बुले ५२औं मिनेटमा गरेका छन् ।

खेलको ६४ औं मिनेटमा लुम्बिनी प्रदेशका जर्सी नं. ४ का विकास लिम्बुले बल क्लियर गर्ने क्रममा आत्मघाती गोल गरे ।पहिलो खेलमा एक खेलाडीले पहेँलो कार्ड पनि पाए । लुम्बिनी प्रदेशका फागुराम थारुलाई पहेँलो कार्ड देखाइएको म्याच अफिसर वीरेन्द्र पाण्डेले जानकारी दिए ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी